हावाहुरी पीडितलाई राष्ट्रिय बीमा कम्पनीको १ लाख सहयोग, कर्मचारीले गरे राहत वितरण

  २०७५ चैत २७ गते १०:३४     विकासन्युज


काठमाडौँ । राष्ट्रिय बीमा कम्पनीले बारा र पर्साका हावाहुरी पीडितलाई राहत वितरण गरेको छ । हावाहुरी पीडितका लागि प्रदेश २ सरकारको खाता राहत खातामा एक लाख रुपैयाँ जम्मा गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले बताए ।

यसैबीच, कम्पनीका कर्मचारीहरुले आफ्नो २ दिनको तलब बराबरको रकमबाट पीडितलाई खाद्य तथा अन्य आवश्यक राहत सामाग्री खरिद गरी वितरण गरेका छन् ।

हावाहुरी पीडित ५० घर परिवारलाई गत २२ गते प्रतिपरिवार २५ केजी चामल, ५ केजी दाल, ५ केजी च्यूरा र २ केजी नूनका दरले राहत सामाग्री वितरण गरिएको कम्पनीका बजार विज्ञ सुकल्याण पराजुलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.