झिनो अंकले बढ्यो नेप्से, ४१ करोडको कारोबार

  २०७५ चैत २७ गते १५:४९     विकासन्युज


काठमाडौ । नेप्से परिसूचक घट्ने र बढ्ने क्रम चलिरहेको छ । साताको चौथो दिन बुधबार झिनो अंकले नेप्से बढेको छ । पहिलो र दोश्रो दिन उकालो लागेको शेयर बजार तेश्रो दिन ओरालो झरेको थियो भने चौथो दिन पुनः ३.५२ अंकले बढेको छ । बुधबार परिसूचक ०.३० प्रतिशतले बढ्दा ११८४.६१ बिन्दुमा पुगेको छ ।

सेयर बजारमा १६९ कम्पनीले सेयर कारोबार गरेका छन् । १६ लाख १२ हजार ३ सय ९६ कित्ता सेयर खरिद बिक्री हुँदा ४१ करोड ४ लाख ९४ हजार ६ सय ३२ रुपैयाँको कारोबार भएको छ ।

बजार बढेको दिन नेप्सेको १ सूचक बाहेक सबै सूचकमा हरियाली छाएको छ । बैंक समूह २.९६, होटल समूह ०.२२, विकास बैंक समूह ३.१४, वित्तीय समूह ३.१७, निर्जीवन बीमा समूह २४.२३, उत्पादनमूलक समूह ३.०८, अन्य समूह ६.७३, लघुवित्त समूह २.३६ र जीवन बीमा समूह १२.५९ अंकले बढेका छन् । बजार बढेको दिन जलविद्युत समूह भने ५.४३ अंकले घटेको छ ।

बजार बढेको दिन बुधबार नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकका लगानीकर्ताले ५.०७ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने उन्नत्ति लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ५.५५ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.