२०७५ चैत २९ गते १८:०७ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकका उच्च पदस्थ कर्मचारीहरुले तलबको २२० प्रतिशतसम्म भत्ता लिने गरेको तथ्य उजागर भएको छ । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको ५६ औं बार्षिक प्रतिवेदनमा केन्द्रिय बैंकका उच्च पदस्थ कर्मचारीहरुले २२० प्रतिशत भत्ता लिने गरेको तथ्य उजागर भएको हो ।
महालेखाका अनुसार राष्ट्र बैंकका तल्लो तहका कर्मचारीहरुले तलब बाहेक कर्मचारी सञ्चय कोष, औषधी उपचार कोष, उपदान कोष र कर्मचारी सुरक्षा कोषका अलवा अन्य ८ वटा भत्ता पाउँछन् । तर उच्च पदस्थ कर्मचारीहरुले भने थप ११ वटा अन्य भत्ता तथा सुविधा लिने गरेका छन् । यसरी वितरण गरिएका भत्ता वापत गत बर्ष मात्रै १ अर्ब ३२ करोड खर्च भएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.