ज्योति लाईफ इन्स्योरेन्सका ग्राहकलाई सुमेरु अस्पतालमा विशेष छुट

  २०७६ वैशाख १४ गते १५:४९     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालसँग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता गरेको छ । कम्पनीले आफ्नो ग्राहकहरुलाइ बीमा सेवाका अतिरिक्त अन्य सेवा सुविधा विस्तार गर्ने क्रममा उक्त सम्झौता गरेको हो ।

सम्झौतापत्रमा ज्योतिलाईफ इन्स्योरेन्सका कार्यकारी उप-प्रमूख प्रकाश बिक्रम खत्री र अस्पतालका प्रबन्ध निर्देशक हेमराज दाहालले हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चित मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने छ । र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले सुमेरु अस्पतालबाट उपलब्ध हुने उच्च स्तरिय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।

यस सम्झौताले कम्पनीसँग आबद्ध सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने कम्पनीको विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.