प्राइम लाइफ इन्स्योरेन्सको बीमा शुल्क २८.५३ प्रतिशतले बढ्यो, १६ करोड नाफा कमाउन सफल

  २०७६ वैशाख १६ गते १५:००     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले खुद बीमा शुल्क आर्जनमा २८.५३ प्रतिशत वृद्धि गरेको छ । गत आर्थिक वर्ष(आव)को चैत मसान्तमा एक अर्ब ४५ करोड ५१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आवको सोही अवधिमा एक अर्ब ८७ करोड रुपैयाँ कमाएको हो ।

कम्पनीले लगानी, कर्जा तथा अन्यबाट ५५ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत चैत मसान्तको तुलनामा ४३ करोड ८५ लाख रुपैयाँ बढी हो । त्यस्तै, बीमालेखको धितोमा कर्जाबाट ४ करोड ९५ लाख, अन्य प्रत्यक्ष आय एक करोड ४२ लाख कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा बढी हो ।

कम्पनीको तेश्रो त्रैमासिक वित्तीय विवरण अनुसार इन्स्योरेन्सले हालसम्म पुनर्बीमा कमिशनबाट कत्तिपनि आम्दानी गरेको छैन । यस वर्षको शुरुको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था ७६ लाख ९३ हजार रहेको इन्स्योरेन्सले जनाएको छ ।

इन्स्योरेन्सले २०७५ चैतमा १६ करोड ३६ लाख रुपैयाँ मात्रै नाफा कमाउन सफल भएको हो । उक्त नाफा गत पुस मसान्तको तुलनामा ७ करोड ७१ लाख रुपैयाँले बढी हो ।

हाल कम्पनीको चुक्ता पुँजी बढेर १ अर्ब ७८ लाख रुपैयाँ रहेको छ । गत आवको तेश्रो त्रैमासमा कम्पनीको चुक्ता पुँजी ६१ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, कम्पनीको जगेडा कोषमा एक अर्ब ११ करोड, जीवन बीमा कोषमा ८ अर्ब १४ करोड र महाबिपत्ती कोष जगेडामा १० करोड ८३ लाख रुपैयाँ संचित रहेको छ ।

हालसम्म कम्पनीले १४ अर्ब १३ करोड ८० लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, कायम रहेको बीमालेखको संख्या ४९ करोड २२ लाख रहेको इन्स्योरेन्सको जारी बीमालेखको संख्या एक अर्ब ६७ करोडभन्दा बढी रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च बढेर ३२ करोड रुपैयाँ पुगेको छ । जुन गत वर्षको चैत मसान्तमा २३ करोड रुपैयाँ रहेको थियो । हालसम्म कम्पनीले १६ लाख दाबी मार्फत कूल ३४ करोड ८६ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । त्यस्तै, ४० हजार दाबी बापत १ करोड ४९ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको कम्पनीको विवरणमा उल्लेख छ ।

इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १२.२३, प्रतिसेयर नेटवेर्थ १६८.३३ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तीको मूल्य ६८३.३३ रुपैयाँ रहेको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात ३७.६२ रहेको छ ।

चालु आर्थिक वर्षको तेश्रो त्रैमासिक अवधिमा कम्पनीको सेयरको अन्तिम मूल्य प्रतिकित्ता ४६० रुपैयाँ रहेको थियो । सो अवधिमा अधिकतम मूल्य प्रतिकित्ता ५२० र न्युनतम ४२० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.