२०७६ वैशाख १६ गते १७:३७ विकासन्युज
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी बापत रु १८ लाख बराबरको रकम भुक्तानी गरेको छ । कम्पनीले दुबईमा बसोबास गर्दै आएका गोकर्ण खत्रीको असामयिक निधन भएको कारण उनकी श्रीमतीलाई उक्त रकम भुक्तानी गरेको हो ।
घातक रोग अन्तर्गतको ब्रेनट्युमर भए पश्चात मृतक स्वयमलाई कम्पनीले उपचारको लागि रु५लाख प्रदान गरेको थियो ।उपचारको क्रममा निजको मृत्यु भएपछि कम्पनीले मृतकका श्रीमती जानकि दांगीलाई रु १३लाख प्रदान गरेको छ।दुबईमा घातक रोगको उपचार गराउँदै आएका खत्री थप उपचारको लागि नेपाल आएका थिए ।
अपरेशन कै क्रममा मृत्यु भएको खत्रीको परिवारलाई कम्पनीले मृत्यु पश्चात दाबी भुक्तानी स्वरुप रु.१३ लाख र यस अघि उपचारको लागि रु ५लाख गरी कुल १८ लाख हस्तान्तरण गरेको थियो । सिटिजन लाइफको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौड्यालले जानकी दांगीलाई सो चेक प्रदान गरेका थिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.