हावाहुरी पीडितलाई गण्डकी बिकास बैंकको २ लाख सहयोग

  २०७६ वैशाख १७ गते १८:४९     विकासन्युज


काठमाडौँ । गण्डकी विकास बैंक लिमिटेडले मंगलबार बारा र पर्सा जिल्लामा अकस्मात आएको हावाहुरी र असिनापानीबाट प्रभावित व्यक्ति तथा परिवारलाई सहयोग दुई लाख नौ हजार नौ सय त्रियासी रुपियाँ सहयोग गरेको छ ।

बैंकले जिल्ला विपद व्यवस्थापन समितिको खातामा जम्मा हुने गरी पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई उपलब्ध गराएको छ । उक्त रकम गण्डकी विकास बैंक बिरगञ्ज शाखा प्रमुख मुकेश अधिकारीले हस्तान्तरण गरेका हुन् ।

बैंकले सो घटनामा पीडितको सहयोगको लागि “बारा पर्सा स्र्टोम रिलिफ फण्ड” नामक खाता सञ्चाल नगरी उक्त रकम संकलन गरेको थियो । उक्त खातामा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत १ लाख र अन्य कर्मचारी तथा ग्राहक महानुभावहरुबाट १ लाख ९ हजार ९८३ रुपैयाँ संकलन गरेको हो ।

हस्तान्तरण समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व शीर्षक अन्तरगत विपतमा परेका बारा तथा पर्साका पीडितका लागि संकलन गरी विपद व्यवस्थापन समितिमा जम्मा गरेको सहयोग प्रति धन्यवाद व्यक्त गरे ।

बैंकका तर्फबाट वीरगञ्ज शाखा प्रमुख अधिकारीले चेक हस्तान्तरण गर्दै उक्त सहयोगले पिडितलाई केही भएपनि राहत पुग्ने बैंकले अपेक्षा राखेको बताउँदै यस्ता प्रकारका सहयोगलाई आगामी दिनहरुमा समेत निरन्तरता दिंदै जाने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.