२०७६ वैशाख १९ गते १७:०२ विकासन्युज
काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले २०७६,बैशाख १७, १८ र १९ गते सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय मसुरिया कैलालीमा आबद्ध सदस्यहरु मध्ये ५४ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने सर्फ, अचार तथा दालमोठ बनाउने तालिम प्रदान गरेको हो ।
तालिम कार्यक्रम उद्घाटन गर्दै शाखा प्रमुख आशिष थारुले यस्ता सीपमूलक तालिमहरुबाट यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा लुगा धुने सर्फ, अचार तथा दालमोठ बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस
वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै ५७६ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.