२०७६ वैशाख १९ गते १७:२२ विकासन्युज
काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड र ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा बुधवार धुलिखेलमा बीमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ । ज्योतिका शेयर सदस्यहरूको लागि संचालित उक्त कार्यक्रमको महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत तथा समारोहका मुख्य अतिथि रमेशकुमार भट्टराईले उद्घाटन गरे ।
दुई सेसनमा चलेको उक्त कार्यक्रममा पहिलो सेसनमाज्योति सहकारीको चार वर्षे कार्यक्रमको विषयमा संस्थाका अध्यक्ष मुकुन्दप्रसाद दाहालले जानकारी गराएका थिए । दोस्रो सेसनमा बीमाको अवधारणा, बीमाको वर्तमान अवस्था, यसका फाइदाहरूको बारेमा महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत भट्टराईले प्रशिक्षण दिएका थिए भने महालक्ष्मी लाईफको परिचय र प्रडक्टहरूको विषयमा महालक्ष्मी लाईफका एजेन्सी तथा तालिम प्रमुख सिताराम धिमालले प्रशिक्षण दिएका थिए ।
सहकारी संस्थाका अध्यक्ष मुकुन्दप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष पुरूषोतम देवकोटाले धन्यवाद ज्ञापन सहित बीमा जागरण कार्यक्रम निकै प्रभावकारी भएको जानकारी गराए ।कार्यक्रममा ज्योति बहुउद्देश्यीय सहकारी संस्थाका ९० जना भन्दा बढी शेयर सदस्यहरूको उपस्थिति रहेको थियो।
Copyright © 2024 Bikash Media Pvt. Ltd.