२०७६ वैशाख २६ गते १८:२२ विकासन्युज
काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचारका लागि आउने बिरामी मध्ये झाडापखालाका बिरामी उल्लेख्य मात्रामा छन् । अस्पताल श्रोतका अनुसार केही बर्ष यता अस्पतालमा सबैभन्दा बढी झाडापखालाका बिरामी आउने गरेका छन् । अस्पतालले सार्वजनिक गरेको आर्थिक वर्ष २०७४/७५ को तथ्यांकअनुसार प्रमुख पाँच रोगमा पहिलोमा झाडापखाला पाईएको हो ।
अहिले गर्मी सिजन चलिरहेको छ, यो सिजनमा धेरै मानिसहरुलाई झाडापखलाले सताउने गरेको छ । झाडापखाला जाडो महिनामा पनि देखिने गर्दछ, तर गर्मी महिनामा यसले मानिसहरुलाई बढी सताउने गरेको छ । अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाको अनुसार विशेष गरेर ब्याक्टेरिया र भाइरसको संक्रमणले हुने झाडापखाला दूषित पानी, सडेगलेका बासी र झिंगा भन्किएका खाना, फोहोर पानी, फोहोर हातका माध्यमबाट फैलिने गर्दछन्।
खुला क्षेत्रमा गरिएको मानिसको र पशुपन्छीको दिशा पानीमा मिसावट हुने र त्यही पानी मानिसहरुले पिउदा झाडापखलाको हुनु गरेको डा. बास्तोलाले बताए।
खानाको कारण पेटमा हुने एलर्जी, शरीरले कार्बोहाइड्रेट पचाउन नसक्दा पनि झाडापखाला हुने गर्दछ । झाडापखाला हुँदा शरीरबाट धेरै मात्रामा नुन, पोषनतत्व र पानीखेर जान्छ, जुन अवस्थालाई जलवियोजन भनिन्छ । यस्तो अवस्थामा समयमै उपचार नभए बिरामीको अकालमा मृत्यु पनि हुन सक्दछ।
के खाने ?
१। साधा खानेकुरा
झाडापखला लागेको समयमा चिल्लो, पिरो रहित साधा खानेकुरा खानुपर्छ किनभने यस समय चिल्लो र पिरो खानाले पेटमा अझै समस्य निम्ताउँछ। त्यसैले यस समयमा निकै साधा खानेकुरा खानुपर्छ जस्तै ः
– सेतो भात
– पाउरोटी
– केरा
– उसिनेको आलु
– जाउलो
यी खानेकुराहरु झाडापखला लागेको पहिलो दिन निकै नै सहयोगी हुन्छ, किनभने साधा खानेकुराहरुले पेटको पाचन शक्तीलाई सन्तुलित बनाउन मद्त गर्दछ।
के पिउने ?
झोलिलो पदार्थ झाडापखलाको समयमा एकदमै फाईदाजनक तत्व हो । झाडापखला लागेका मानिसहरुले यस्तो समयमा पानी खाईरहनुपर्छ र शौचालय गएर आएको हरेक पटक पानी पिउनु पर्दछ ।
धेरै पानी पिउनाले शरीरमा पानी कम हुन नदिई शरीरलाई तागत दिईरहन्छ । यस समयमा शरीरले पानी मात्र नभएर मिनिरल जस्ता महत्वपूर्ण तत्व गुमाउँछ। त्यसैले यो अवस्थामा मानिसहरुले मिनिरलहरु पाइने झोल पदार्थ पिउनुपर्छ।
मिनिरल पाइने झोल पदार्थ
– नरिवल पानी
के नखाने ?
१। मसालेदार खाना
मसालेदर खानेकुराले झाडापखला भएको अवस्थामा अझै पेटलाई बिगार्ने गर्दछ। यसकारण यो समयमा मसालेदार खानेकुराबाट टाढै बस्दा राम्रो हुन्छ।
२। तारेको खानेकुरा
तारेको खानेकुराले पाचन शक्तीलाई अझै कमजोर बनाउँछ। यसले झाडापखलालाई अझै जटिल बनाउने हुनाले यस अवस्थामा तारेको खानेकुरा खानु हुँदैन। यसको विकल्पमा उसिनेको तरकारी खानु स्वस्थ हुन्छ ।
३। उच्च फाईबरयुक्त खानेकुरा
झाडापखला लागेको समयमा उच्च फाइबरयुक्त खानेकुराले पनि समस्या निम्ताउन सक्छ । यधपी फाइबरले पाचन शक्तीलाई तन्दुरुस्त राख्ने भएपनि यसले झाडापखला लागेको समयमा अझै धेरै बिगार्न सक्छ।
फाइबर युक्त खानेकुरा गहुँ, चामल, रोटी, बदाम हुन्, तर स्याउ, केरामा भएको फाइबरले भने झाडापखलालाई रोक्न मद्त गर्दछ।
अन्य खानु नहुने खानेकुरा
–प्याज र लसुन
– प्याक गरिएको खानेकुरा
– काँचो तरकारी
– काउली, बन्दा, ब्रोकाउली, दुग्ध पदार्थ
– सुंगुरको मासु
Copyright © 2024 Bikash Media Pvt. Ltd.