२०७६ वैशाख ३० गते १९:४२ विकासन्युज
काठमाडौं । तिनाउ विकास बैंक लिमिटेड आगामी जेठ १७ गते विशेष साधारणसभा बस्दै छ । वैशाख ३० गते बिहान बसेको विकास बैंकको संचालक समितिको बैठकले उक्त दिन विशेष साधारणसभा गर्ने निणर्य गरेको हो ।
उक्त सभा सो दिन बिहान ८ बजे रुपन्देहीस्थित कालिकानगरको क्लब डेनोभो प्रा.लिको सभा हलमा बस्ने छ ।
बुटवलमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको हाल ४६ करोड रुपैयाँ बराबर चुक्ता पुँजी रहेको छ । पछिल्लो समय संस्थाको सेयर मूल्य प्रतिकित्ता १६६ रुपैयाँ रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.