२०७६ वैशाख ३१ गते १९:५२ विकासन्युज
लण्डन । बेलायतको बेरोजगार दर ४५ बर्ष यताकै न्यून अवस्थामा पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ ।
बेलायतको यूरोपेली सङ्घ (इयू) बाट हुने भनिएको बहिर्गमन प्रक्रिया लम्बिएर अनिश्चिततातर्फ जाँदा पनि यहाँको अर्थतन्त्रमा स्थिरता कायम देखिएको मङ्गलबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।
सन् २०१९ को शुरूवाती तीन महिनामा यहाँको वेरोजगार दर ३.८ प्रतिशत कायम भएको र यो सन् १९७४ को अन्तिम त्रैमासिक पछिको न्यून बेरोजगार दर भएको बेलायती तथ्याङ्क मामिला हेर्ने कार्यालय (ओएनएस)ले एक विज्ञप्तिमार्फत जानकारी गराएको हो ।
सन् १९७४ (४४ बर्ष पहिले) को आर्थिक बर्षको अन्तिम त्रैमासिकमा बेरोजगार दर ३.९ रहेको थियो भने त्यसपछि कहिल्यै पनि यो विन्दुमा नझरेका ओएनएसले जनाएको छ ।
“ब्रेक्जिटसम्बन्धी अनिश्चितताको मुखमा पनि बेलायतको श्रम बजार आश्चर्यजनकरूपमा लचकदार देखिएको छ,” हारग्रिभ्स ल्यान्सडाउनका वरिष्ठ अर्थशास्त्री बेन ब्रेटेलले पछिल्लो तथ्याङ्कपछि प्रतिक्रिया दिए । “यी साँच्चै अर्थतन्त्रले सामना गरेका मजबुत तरङ्ग हुन् जसलाई तथ्याङ्कले प्रष्ट्याएको छ ।”
ओएनएसले भनेको छ, बेलायतको रोजगारदर ७६.१ प्रतिशत हुने अनुमान गरिएको थियो, जुन सबैभन्दा उच्च संयुक्त तथ्याङ्क हो जुन रेकर्डमा राखिएको छ । ब्रेटेलले भन्नुभयो, “यहाँ यस्ता प्रमाणिक चासो छन् जसलाई संयुक्त अधिराज्यका कम्पनीहरूले चाहिनेभन्दा बढी पूँजीगत खर्चको तुलनामा श्रमलाई सङ्ग्रह गरेका छन् ।”
“यस्तो अनिश्चित समयमा तपाइले किन नयाँ योजना र उपकरणमा ठूलो राशी खर्च गर्नुहुन्छ जव तपाईँले थप श्रमिक भित्राउन सक्नुहुन्छ र सोही नतिजा पाउनसक्नुहुन्छ ?”
यस्तै औषत साप्ताहिक आम्दानीलगायत अधिक लाभांशमा भने मार्चसम्म अर्थात् गत तीन महिनामा ३.२ प्रतिशतले कमी आएको तथ्याङ्कमा उल्लेख छ । रासस/एएफपी
Copyright © 2025 Bikash Media Pvt. Ltd.