बिस्फोटमा घाइते भएकाहरुको सुरक्षाकर्मीको निगरानीमा उपचार, अनुसन्धान जारी

  २०७६ जेठ १३ गते १७:३०     विकासन्युज

काठमाडौं। आईतबार सांझ बम बिस्फोटमा परि घाईते भएका छोटु ठाकुरको अवस्था सुधार हुँदै गएको छ। सुकेधारामा भएको बम बिस्फोटमा परि उनी आफ्नै सैलुनमा बसिरहेको अवस्थामा  साँझ ५ बजेतिर घाईते भएका थिए । छोटु काठमाडौंको ट्रमा सेन्टरमा उपचारको क्रममा छन् । प्रहरीले नै उनको रेखादेख गरिरहेका छन्।

यस्तै आईतबारकै दिन घट्टेकुलोमा बम बिस्फोटमा परि घाईते भएका रुकुम सानोभेरिका रविन केसीको अवस्था पनि सामान्य रहेको छ। प्रहरीले कसैलाई पनि उनीसँग कुराकानी गर्ने अनुमति भने दिएको छैन । उनका साथी प्रज्ज्वल (बिशाल) शाहीको भने गएराती नै घटनास्थल मै मृत्‍यु भएको हो । उनिहरु दुवै विप्लवका कार्यकर्ता हुन् भन्ने कुरा बाहिर आउँदै गर्दा उनका छिमेकी टिकाराम सनार भने रविनलाई यस

बारेमा जानकारी नभएको बताए । उनको अनुसार रविन आईतबार आफ्नो परिक्षाको प्रवेश पत्र हराएर चिन्तित थिए र साथीले घट्टेकुलो बोलाएको र साथीको कोठामा छिर्न जुत्ता खोल्ने क्रममा बम बिस्फोट भएको बताउँछन् । त्यस्तै थानकोटमा बम बिस्फोटमा परि घाईते भएका बुद्ध लामाको स्थिती पनि सामान्य रहेको छ । ललितपुरका ३० वर्षीय बुद्धकोको पनि प्रहरीको निगरानीमा उपचार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.