२०७६ जेठ १५ गते १७:२९ विकासन्युज
काठमाडौं । सरकारले काठमाडौंको नयाँबानेश्वर र माइतघरमा फलाइओभर निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७६÷७७ को बजेट वक्तव्यमा अर्थमन्त्री युवराज खतिवडाले त्यस्तो योजना सुनाएका हुन् । त्यसका लागि यसै आर्थिक वर्षमा सम्भाव्यता अध्ययन सुरु गर्ने बताएका छन् । यी स्थानहरुमा हाल पैदलयात्री र सवारी साधनकाे ट्राफिक उच्च छ ।
सरकारले यातायात, रेल र जल यातायात पूर्वाधारमा कुल १ खर्ब ६३ अर्ब ५८ करोड विनियाेजन गरेकाे छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.