सनराइज बैंकका ग्राहकलाई भारतका अस्पतालमा ५० प्रतिशतसम्म छुट, हेल्थ केयर कार्ड शुभारम्भ

  २०७६ जेठ २१ गते १७:४०     विकासन्युज


काठमाडौँ । उपचारको सिलसिलामा भारतको विभिन्न अस्पतालहरुमा जाने नेपाली ग्राहकहरुको सुबिधालाई ध्यानमा राख्दै सनराइज बैकले हेल्थ केयर कार्डको शुभारम्भ गरेको छ । उक्त डेविट कार्डको प्रयोगबाट सेवाग्राहीले भारतका विभिन्न अस्पतालहरुमा पिओएसबाट भुक्तानी गर्दा सामान्य डेविट कार्डको भन्दा बढी रकमको भुक्तानिको सुबिधा प्रयोग गर्न सक्नेछन् ।

साथै सनराइज हेल्थ केयर कार्ड प्रयोग गरी भुक्तानी गर्दा भारतका विभिन्न अस्पतालहरुमा ५ प्रतिशत देखि ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । हेल्थ केयर कार्ड लिनको निम्ति उपचारको लागि जान चाहेको भारतको अस्पताको बिवरण र डाक्टरको सिफारिस वा अन्य जानकारीको कागजपत्र बैंकमा पेश गनु पर्नेछ ।

साथै सनराइज बैंकले दिँदै आएको स्वास्थ्य योजना अनुसार बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भइ स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्चको बढीमा १ लाख रmपैँया वा बचत खातामा रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशतभन्दा नबढ्ने गरी नगद दाबी गर्न सक्ने छन् । बिगतका योजना अनुसार बर्षमा एक चोटी बिमा दाबी गर्न सकिन्थ्यो, तर २०७५ चैत्र १ गतेदेखि ग्राहकको सुविधालाई मध्यनजर गर्दै बर्षमा ३ पटकसम्म बीमा दाबी गर्न सक्ने योजना अगाडि ल्याएको जनाएको छ । सनराइज बैंकका बचतकर्ताहरुले ५ लाखसम्मको दुर्घटना बीमा र १०० भन्दा बढी अस्पतालहरुमा २० प्रतिशतसम्म छुट पाउँदै आएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.