राजश्व छली गर्ने बिरुद्ध ८७ करोड ५५ लाखको बिगो दाबी सहित मुद्दा दायर

  २०७६ असार १२ गते १७:१०     विकासन्युज


काठमाडौँ । राजश्व अनुसन्धान विभागले चुरोटको अन्तशुल्क स्टिकर गुट्खामा टाँसेर राजस्व छली गर्ने विरुद्ध ८७ करोड ५५ लाख रुपैयाँको बिगो दाबी सहित मुद्दा दायर गरेको छ ।

विभागले लुम्बिनी पान मसला तथा सुर्ती गुट्खा उद्योग र त्यसका उत्पादन बिक्री गर्ने व्यापारीविरुद्ध ८७ करोड ५५ लाख रुपैयाँ विगो दाविसहित नक्कली स्टिकर टाँसेर राजश्व छलीको आरोपमा बुधबार जिल्ला अदालत बारामा मुद्दा दायर गरेको हो ।

राजश्व चुहावट गरेको अभियोगमा कम्पनीका सञ्चालक अब्दुल्लाह मुसलमान उनको उत्पादन बेच्ने व्यापारीविरुद्ध मुद्दा दायर गरेको विहीबार विभागले विज्ञप्ती प्रकाशित गरी जनाएको छ ।

लुम्बिनी पान मसला तथा सुर्ती गुट्खा उद्योगबाट उत्पादन भएको ‘पानकिङ गुट्खा’ साइन ट्रेडर्सले बिक्री गर्ने गरेको थियो । ट्रेडर्सले बालाजी मार्केटिङलाई बिक्री गरेको ४ सय बोरा (३२ हजार पाउच) गुट्खामध्ये २४ हजार पाउचमा अन्तःशुल्क स्टिकर नै टाँस नभएको अवस्थामा फेला परेको छ ।

३ हजार ८ सय ६८ पाउचमा आन्तरिक राजस्व विभागबाट चुरोटमा प्रयोग हुने अन्तशुल्क टाँसेको र बाँकी ४ हजार १ सय ३२ पाउचमा खैनी/गुट्खा/पानमसलामा टाँस गर्ने अन्तःशुल्क टिकट टाँस गरेको अवस्थामा फेला परेको विभागले उल्लेख गरेको छ ।

बिहीबार राजश्व अनुसन्धान विभागले प्रकाशित गरेको विज्ञप्ती पनि पढौँ :

नेपाल सरकार

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

राजस्व अनुसन्धान विभाग

हरिहरभवन, पुल्चोक, ललितपुर

प्रेस विज्ञप्‍ती

मिति:- २०७६/०३/१२

  1. लुम्विनी पान मसला तथा सुर्ती गुट्खा उद्योग स्थायी लेखा नं. 302232273, कृष्णनगरले पानकिङ्ग व्राण्डको सुर्तिजन्य गुट्खामा अन्तःशुल्क ऐन विपरित स्टिकर नलगाई, नक्कली स्टिकर प्रयोग गरी वितरक तथा थोक विक्रेता समेतको मिलेमतोमाराजस्व चुहावट गरेकोले रु. 29,18,58,070।- विगो र सो को दोब्बर सम्म जरिवाना रु. 58,37,16,140।- समेत जम्मा रु. 87,55,74,210।- असुल गरी ३ वर्षसम्म कैद माग दावी लिई बारा जिल्ला अदालतमा मिति 2076।03।11 मा मुद्दा दायर गरियो।

लुम्विनी पान मसला तथा सुर्ती गुट्खा उद्योगबाट उत्पादित पानकिङ्ग गुट्खा विक्री गर्नसाईन ट्रेडर्स (स्थायी लेखा नं. 601297854) ले जारी गरेको विक्रि विजक नं. 262 मिति 2075।06।10 र विजक नं. 265 मिति 2075।06।11 बाट बालाजी मार्केटिङ (स्थायी लेखा नं. 604827683) लाई विक्री गरेको 400 बोरा (32000 पाउच) पानकिङ गुट्खा समेत लोड भएको ना 3 ख 9933 नम्बरको ट्रक चेकजाँच गर्दा 24000 पाउचमा नियमानुसार अन्तःशुल्क टिकट टाँस नभएको अवस्थामा रहेको, 3868 पाउचमा आन्तरिक राजस्व विभागको 70 एम एम फिल्टर चुरोटमा प्रयोग हुने अन्तःशुल्क टिकट टाँस भएको र बाँकी 4132 पाउचमा आन्तरिक राजस्व विभागको खैनी/गुट्खा/पानमसलामा टाँस गर्ने अन्तःशुल्क टिकट टाँस गरेको अवस्थामा बरामद भएको । अन्तःशुल्क टिकट टाँस गरी अन्तःशुल्क लाग्ने बस्तु विक्रि गर्नु पर्ने व्यवस्था गरेकोमा बरामद भएको मालबस्तुमध्ये २४ हजार पाउच पानकिङ गुट्खामा अन्तःशुल्क टिकट टाँस भएको नदेखिएको ।

अन्त:शुल्क टिकट टाँस गर्ने तथा गुट्खा निस्कासनका बखत नै अन्त:शुल्क र स्वास्थ्य जोखिम कर भुक्तानी गर्नुपर्ने मुख्य दायित्व रहेका लुम्बिनी पान मसला तथा सुर्ति गुट्खा उद्योग (स्थायी लेखा नं. 302232273) का प्रो. अब्दुल्लाह मुसलमानले अन्तःशुल्क लाग्ने बस्तुमा अन्तःशुल्क टिकट टाँस नगरी तथा नक्कली अन्तःशुल्क टिकटहरु लगाई अन्तःशुल्क लगायतका अन्य करहरु छली गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा ३ ले निषेध गरेको कार्य गरी ऐ. ऐनको दफा ४ को उपदफा (क) र (ख) बमोजिमको कसुर गरीराजस्व चुहावट गरेको पुष्टि भएकोले निज लुम्बिनी पान मसला तथा सुर्ति गुट्खा उद्योगका प्रो. अब्दुल्लाह मुसलमानलाई रु. 16,53,16,810।- (सोह्र करोड त्रिपन्न लाख सोह्र हजार आठ सय दश रुपैया)विगो कायम गरी असुल उपर गरी सोही ऐनको दफा 23 को उपदफा १ बमोजिम विगोको दोब्बरसम्म रु. 33,06,33,620।- जरिवाना तथा कैद सजाय हुन मागदावी लिई अदालत समक्ष मुद्दा दायर गरिएको ।

साइन ट्रेडर्सलाई गुट्खा विक्री गर्ने गुट्खाको आउटरमा Marketed By: New Paschimanchal Tradersलेखिएको, उत्पादन भएका सबै गुट्खाहरु न्यू पश्चिमाञ्चल ट्रेडर्सलाई मात्र विक्री गर्ने गरेको र सोही ट्रेडर्सले उत्पादक उद्योगलाई कच्चा पदार्थ समेत उपलब्ध गराउने भनी बयानमा उल्लेख गरेकोमा  सो कुरा न्यू पश्चिमाञ्चल ट्रेडर्सले  समेत बयानमा स्वीकार गरेको हुँदा अन्तःशुल्क लाग्ने बस्तुमा अन्तःशुल्क टिकट टाँस नगरी तथा नक्कली अन्तःशुल्क टिकटहरु लगाई नियमानुसार तिर्नुपर्ने अन्तःशुल्क लगायतका करहरु छली गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा ३ ले निषेध गरेको कार्य गरी ऐ. ऐनको दफा ४ को उपदफा (क) र (ख) बमोजिमको कसुर गरी राजस्व चुहावट गर्ने कार्यमा निज न्यू पश्चिमाञ्चल ट्रेडर्स (स्थायी लेखा नं. 305304764) का प्रो मोहम्मद रेहानको समेत प्रत्यक्ष संलग्नता पुष्टि भएकोले निज न्यू पश्चिमाञ्चल ट्रेडर्सका प्रो मोहम्मद रेहानलाई रु. 11,47,30,099।-(एघार करोड सतचालिस लाख तीस हजार उनानसय रुपैया)विगो कायम गरी असुल उपर गरी सोही ऐनको दफा 23 को उपदफा १ बमोजिम विगोको दोब्बरसम्म रु. 2,29,46,019।- हैदसम्मको जरिवाना तथा कैद सजाय हुन मागदावी लिई अदालत समक्ष मुद्दा दायर गरिएको ।

आफ्नो फर्मको नामबाट कर विजक जारी गरि अन्तःशुल्क टिकट टाँस नभएका तथा नक्कली अन्तःशुल्क टिकट टाँस भएका ४०० बोरा (4800 केजी) गुट्खाहरुमा  अन्तःशुल्क, मु.अ.कर तथा स्वास्थ्य जोखिम कर छली गरीराजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा ३ ले निषेध गरेको कार्य गरी ऐ. ऐनको दफा ४ को उपदफा (क) र (ख) बमोजिमको कसुर गरी राजस्व चुहावट गर्ने कार्यमा साईन ट्रेडर्सका प्रोपाईटर भरत अधिकारी समेतको संलग्नता देखिएकोले निज साईन ट्रेडर्स (स्थायीलेखा नं. 602197854) का प्रो. भरत अधिकारीलाई रु. 1,18,11,161।- (एक करोड अठार लाख एघार हजार एक सय एकसट्ठी रुपैया)विगो असुल उपर गरी सोही ऐनको दफा 23 को उपदफा १ बमोजिम विगोको दोब्बर सम्म रु. 2,36,22,322।- जरिवाना तथा कैद सजाय हुन मागदावी लिई बारा जिल्ला अदालतमा मिति २०७६।०३।1१ मा मुद्दा दायर गरिएको ।

2. भारतीय नागरिक वन्दना सानी पोटफोडे समेतका विरुद्ध विदेशी विनिमय अपचलनमा विगो रु. 1,12,21,000।- र सो को तेब्बरसम्म जरिवाना र राजस्व चुहावटको सकुरमा विगो रु. 2,46,64,636।- र सो को दोब्बर सम्म जरिवाना रु. 4,93,29,272।- समेत जम्मा रु. 10,76,56,908।- असुल गरी ३ वर्षसम्म कैद माग दावी लिई काठमाण्डौ जिल्ला अदालतमा मिति 2076।03।10 मा मुद्दा दायर गरियो।

मिति २०७६।१।२७ गते काठमाडौबाट मुम्बई जान लागेकी बन्दना सोनी भन्ने बन्दना घनश्याम सोनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट १ लाख अमेरिकी डलर सहित पक्राउपरी छानविन अनुसन्धान गर्दा लक्ष्मी बैंक लि., सिभिल बैंक लि. र नेपाल एसविआई बैंक लि.बाट प्राप्त प्रतिवादी बन्दना सोनी भन्ने बन्दना घनश्याम सोनीले बन्दना पोटफोडे नामबाट खोलेका बैंक खाताबाट भएको कारोवार विवरण, प्रतिवादी बन्दना सोनी भन्ने बन्दना घनश्याम सोनी, राजेन्द्र कुमार श्रेष्ठ, राजन श्रेष्ठ, पुष्पराज सापकोटा, हरी प्रसाद सापकोटा, कुमार प्रसाद पन्त, राजेन्द्र श्रेष्ठ, कुमार थापा, आत्म प्रसाद खनाल समेतले गरेको बयान, नेपाल राष्ट्र बैक विदेशी विनिमय व्यवस्थापन विभागबाट प्राप्त मनिचेन्जर सँग सम्बन्धित विवरण, अम्बेश्वर ईन्जिनियरिङ हाईड्रोपावर प्रा.लि.बाट प्राप्त लेखा सम्बन्धि कागजात समेतबाट  विदेशी विनिमयको अवैध सटही, ओसारपसार कारोवार र राजस्व चुहावट गरेको वारदात स्थापित हुन आएको ।

सबुद प्रमाणहरुबाट प्रतिवादी बन्दना सोनी भन्ने बन्दना घनश्याम सोनीले गरेको उक्त कार्य बिदेशी बिनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३(१) ४(१) विपरितको कसूर अपराध र प्रतिवादीहरु हरी प्रसाद सापकोटा, राजेन्द्र श्रेष्ठ र राजन श्रेष्ठले गरेको उक्त कार्य बिदेशी बिनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३(१)४(१) साथै ऐ.ऐनको दफा १२ ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र वैंकले जारी गरेको नेपाल राष्ट्र बैंक मनि चेन्जर विनियमावली २०६७ को विनियम ९(ख) र १०(१)(२) विपरितको कसुर अपराध हुँदा प्रतिवादी बन्दना सोनी भन्ने बन्दना घनश्याम सोनीका हकमा निजबाट बरामद भएको अमेरिकी डलर १ लाखको बरामद मितिका लागि तोकिएको सटही विक्री दरले हुने ने.रु.१,१२,२१,०००।–, प्रतिवादी हरी प्रसाद सापकोटाका हकमा निजले प्रतिवादी बन्दना सोनीलाई व्यक्तिगत र अवैध रुपमा विक्री गरेको अमेरिकी डलर १५ हजारको तोकिएको सटही विक्री दरले हुने ने.रु.१६८३१५०।– प्रतिवादी राजेन्द्र श्रेष्ठको हकमा निजले प्रतिवादी बन्दना सोनीलाई अवैध रुपमा विक्री गरेको १० हजार अमेरिकी डलरको तोकिएको सटही विक्री दरले हुने ने.रु. १,१२,२१,०००।-र प्रतिवादी राजन श्रेष्ठको हकमा निजको मनि एक्सचेन्जबाट प्रतिवादी बन्दना सोनीलाई अवैध रुपमा विक्री गरेको ७५ हजार अमेरिकी डलरको लागी तोकिएको सटही विक्री दरले हुने ने.रु.८४,१५,७५०।-विगो कायम गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १७(१) बमोजिम विगो बमोजिम जरिवाना देखि विगोको ३ गुणा सम्म थप जरिवाना गरी ऐ. १७(१) बमोजिम वरामद अमेरिकी डलर १ लाख जफत समेत हुन साथै प्रतिवादी बन्दना सोनी बाट बरामद भएको अमेरिकी डलरको विगो ने.रु. १ करोड भन्दा बढी हुँदा निजलाई ऐ.ऐनको दफा १७(९) बमोजिम थप कैद सजाय हुनमागदावी गरिएको । प्रतिवादी बन्दना सोनीले कर योग्य आय भएकोमा सो मा लाग्ने मु.अ.कर तिरे बुझाएको नदेखिदा मु.अ.कर ऐन २०५२ बमोजिम लाग्ने कर, जरिवाना, थप दस्तुर वापत रु ८७,६०,८१०।– र आयकर ऐन २०५८ बमोजिम लाग्ने आयकर, शुल्क, व्याज समेतरु १,५९,०३,८२६।– गर्दा हुने कुल रु २,४६,६४,६३६।– राजश्व चुहावट गरेकोलेउक्त रु २,४६,६४,६३६।– लाई राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा २(छ १) बमोजिम राजस्व चुहावटको विगो कायम गरी राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निशेधित ऐ.दफा ४(क)(ख) को कसुरमा सोही ऐनको दफा २३को उपदफा १ बमोजिमसजाय हुन मागदावी लिई काठमाण्डौ जिल्ला अदालतमा मिति २०७६।०३।10 मा मुद्दा दायर गरिएको ।

३. विरेन्द्र बहादुर कुर्मी क्षेत्री प्रोप्राईटर रहेको एच.एण्ड. बि. ट्रेड कन्सर्न स्थायी लेखा नं. ३०१३४६४६२ ले नक्कली विजक समानान्तर रुपमा जारी गरी राजस्व चुहावट गरेकोलेरु. 1,32,33,763।- विगो र सो को दोब्बरसम्म जरिवाना रु. 2,64,67, 526।- समेत जम्मा रु. 3,97,01,289।- असुल गरी ३ वर्षसम्म कैद माग दावी लिई काठमाण्डौ जिल्ला अदालतमा मिति 2076।03।11 मा मुद्दा दायर गरियो।

विरेन्द्र बहादुर कुर्मी क्षेत्री प्रोप्राईटर रहेको एच.एण्ड. बि. ट्रेड कन्सर्न स्थायी लेखा नं. ३०१३४६४६२ ले नक्कली समानान्तर रुपमा जारी गरेको कर विजक नं. 73 बाट मास ट्रेडिङ्ग स्थायी लेखा नं. ६०६०६९५६१ लाई र कर विजक नं ७४ बाट आरोही इम्पेक्स स्थायी लेखा नं. ६०६०६९५६१ लाई भन्सार चोरी पैठारी गरी ल्याएको सामान बिक्री गरी ना.६ख ५८ नम्बरको कन्टेनरबाट अनिल लामाले चलाई ढुवानी गर्दै गरेको अवस्थामा सिन्थेटिक इम्रोडरी साडी, सुटिङ्ग कपडा, लेडिज कुर्ता सुरुवाल समेतका कपडा बरामद भएको वारदात स्थापित भएकोले भन्सार चोरी पैठारी गरी ल्याएको सामान यसैगरी समानान्तर नक्कली कर विजक जारी गरी पटक पटक ढुवानी गर्ने गरेको देखिएको अवस्थामा निजले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा 3 ले परिभाषित ऐ ऐनको दफा 4 को (क), (ख) र (ग) बमोजिम कसुर गरेको भन्ने शंकारहित पुष्टि कुल विगो रू. 1,32,33,763।00 (अक्षेरुपी एक करोड बत्तिस लाख तेत्तिस हजार सात सय त्रिसठ्ठी मात्र) लाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ) ऐन, 2052 को दफा (2) (छ1) बमोजिम विगो असुल गरी ऐनको दफा २३ को उपदफा १ बमोजिम हैदसम्मको जरिवाना तथा कैद सजाय हुन मागदावी लिई काठमाण्डौ जिल्ला अदालतमा मिति २०७६।०३।1१ मा मुद्दा दायर गरिएको ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.