इपीएस भाषा परीक्षाको नतिजा सार्वजनिक, १२००९ परीक्षार्थी उत्तीर्ण, यसरी हेर्नुहोस्

  २०७६ असार १३ गते १०:४९     विकासन्युज


काठमाडौँ । सन् २०२० मा दक्षिण कोरिया जानका लागि भाषा परीक्षा दिएका परीक्षार्थीको परिणाम (रिजल्ट) शुक्रबार सार्वजनिक गरेको छ । उत्पादनमूलक क्षेत्रतर्फ ९१४३ र कृषि क्षेत्रतर्फ २८७६ जना गरी कूल १२००९ परीक्षार्थी उत्तीर्ण भएका हुन् । नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

जेठ २५ र २६ गते भाषा परीक्षा दिएका परीक्षार्थीको परिणाम सार्वजनिक गरिएको हो । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाका अनुसार कोरियाको मानव संसाधन विभाग (एचआरडी)ले भाषा परीक्षाको परिणाम तयार गरेर पठाएको र वेबसाइटमार्फत सार्वजनिक गरिएको हो । सो शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले कोरिया भाषाको परीक्षाफल वेबसाइटमार्फत हेर्न सकिने जानकारी दिए ।

शाखाका अनुसार दुई दिनसम्म दुई-दुई सिफ्ट गरेर सञ्चालन गरिएको परीक्षाका ९२ हजार ३५६ जना परीक्षार्थीले आवेदन दिएकोमा ८४ हजार १४१ जनाले परीक्षा दिएका थिए ।

सन् २०२० मा कोरियाको कृषि र सेवा क्षेत्रमा काम गर्न त्यहाँको मानव संसाधन विभागले १० हजार ५० जनाको कोटा निर्धारण गरेको छ । यस वर्ष कृषिमा तीन हजार र उत्पादनमूलक क्षेत्रमा सात हजार ५० जना गरी १० हजार ५० परीक्षार्थी छनोट हुनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.