एसईईमा कुन ग्रेड ल्याउनेले कुन विषय पढ्न पाउँछन् ?

  २०७६ असार १३ गते १६:३४     विकासन्युज

काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्डले गएको बिहीवार एसईईको नतिजा निकालेसँगै एसईई दिएका भाईबहिनी र उनिहरुका अभिभावकको एसईईको नतिजालाई लिएर तनाव सिद्दिएको छ। यो तनावको अन्त्यसँगै अब कुन विषय पढ्ने र पढाउने भन्ने अन्यौलमा धेरै विद्यार्थी र अभिभावक पर्नु भएको छ।

यसपटकको नतिजामा जिपीए ३ दशमलब ६० देखि ४ सम्म प्राप्त गर्ने विद्यार्थीको संख्या १७५८०, यस्तै ३ दशमलब २० देखि ३ दशमलब ६ शुन्य जिपीए ल्याउने विद्यार्थीको संख्या ५११३७, २ दशमलब ८० देखी ३ दशमलब २० जिपिए ल्याउने विद्यार्थी संख्या ६३७४१, २ दशमलब ४० देखी २ दशमलब ८० जिपिए ल्याउने विद्यार्थी सख्या ७६५६४, २ दशमलब शुन्य देखी २ दशमलब ४० जिपिए ल्याउने विद्यार्थी संख्या ९८२०७, १ दशमलब ६० देखी २ दशमलब जिपिए ल्याउने विद्यार्थी संख्या ९५३०७, १ दशमलब २५ देखी १ दशमलब ६० ल्याउने विद्यार्थी संख्या ४३८४१ र ० दशमलब ८० देखी १ दशमलब २० ल्याउने विद्यार्थी संख्या ४४२९ रहेको छ।

अंकहरु जिपिए सिस्टमा गईसकेपछी विभिन्न प्लस टु र प्राविधिक कलेजहरुमा कति जिपिए ल्याएकोले के पढ्न पाउने भन्ने व्यवस्था गरेको छ। विद्यार्थीले राम्रो जिपिए ल्याएको खण्डमा आफुले मनलागेका बिषय पढ्न पाउँछन् तर कम जिपिए आएको खण्डमा विद्यार्थीले आँफैसँग समझौता गरेर पढ्नु पर्ने हुन्छ। यस्ता छन् तपाईको जिपिएको आधारमा पढ्न पाउने बिषय :

कक्षा ११ मा भर्ना हुनलाई के-कस्तो प्रावधान छ ?

नियम अनुसार एसईईमा १ दशमलव ६ सम्म जीपीए ल्याएका विद्यार्थीले ११ कक्षामा भर्ना हुन पाउने प्रावधान रहेको छ तर यसका लागि अरु पनि प्रावधान पूरा गर्नुपर्ने हुन्छ। जस्तै प्लस २ विज्ञान संकायमा ११ कक्षामा भर्ना हुन २ जीपीएका साथमा विज्ञान र अनिवार्य गणितमा सी प्लस तथा सामाजिक, अंग्रेजी र नेपालीमा डी प्लस आएकै हुनुपर्छ। विज्ञान विषय अध्ययन गर्नका लागि एसईईको परीक्षामा कम्तीमा २.० जीपीए ल्याउनुपर्छ। साथै गणित र विज्ञान विषयमा सी साथै अंग्रेजी, नेपाली र सामाजिकमा डि प्लस हुनुपर्छ ।

यसैगरी व्यवस्थापन विषय अध्ययनका लागि विद्यार्थीले १.६ जीपीए ल्याउनुपर्छ साथै अंग्रेजी, नेपाली, गणित र सामाजिकमा डी प्लस हुनुपर्छ। मानविकी र शिक्षा संकाय अध्ययन गर्नका लागि विद्यार्थीको १.६ जीपीए हुनुपर्ने साथै नेपाली, सामाजिक र अंग्रेजीमा डी प्लस हुनुपर्ने प्रावधान रहेको छ।

प्राविधिक बिषय पढनलाई के-कस्तो प्रावधान रहेको छ ?

यदी तपाई प्राविधिक विषय अध्ययन गर्न चाहानुहुन्छ भने तपाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् मार्फत आफूले प्राप्त गरेको ग्रेड अनुसार २९ वटा विषय अध्ययन गर्न सक्नुहुनेछ।

प्राविधिक शिक्षा तर्फ स्वास्थ्य, इञ्जिनियरिङ, कृषि तथा वनविज्ञान, आतिथ्य सत्कार र सामाजिक विषय अध्ययन गर्न पाइन्छ। यी कार्यक्रमको अवधि ३ वर्षे हुने प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) का सूचना अधिकारी अनिल मुनी बज्रचार्यले जानकारी दिए । उनका अनुसार एसईईपछि अध्ययन गर्न सकिने प्राविधिक कोर्स विभिन्न अवधिको हुने छन्। माथिल्लो तहको अध्ययनमा अघि बढ्न सकिने र मध्यमस्तरको जनशक्तिको मान्यता पाउने तीन वर्षे डिप्लोमा नै भएको उनले बताए ।

प्राविधिक शिक्षा दुई र तीन महिने, १० महिने, १८ महिने पनि हुन्छ। यी छोटा अवधिका तालिमबाट सीप मात्र सिकिन्छ, माथिल्लो तहको स्नातक पढ्न भने पाईन्न। तीनवर्षे डिप्लोमा तह कोर्ष पढेपछि भने उच्च शिक्षा अध्ययनको अवसर पनि पाइन्छ ।

१। स्वास्थ्य

यस्तै विद्यार्थीले स्वास्थ्यसँग सम्बन्धित कार्यक्रममा १० वटा विषयको अध्ययन गर्न सकिने छ ।

जसमा प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह नेत्रविज्ञान, प्रमाणपत्र तह सामान्य चिकित्सा, प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, डिप्लोमा इन फार्मेसी, प्रमाणपत्र तह डायाग्नोष्टिक रेडियोग्राफी, प्रमाणपत्र तह दन्तविज्ञान, प्रमाणपत्र तह सामान्य आयुर्वेद चिकित्सा, प्रमाणपत्र तह अक्कुपन्चर एण्ड अकुप्रेसर र डिप्लोमा इन फिजियोथेरापी पढ्न सकिन्छ । प्रमाणपत्र तथा डिप्लोमा तहका स्वास्थ्य तर्फका सम्पुूर्ण कार्यक्रमका लागि अंग्रेजी, गणित र विज्ञानमा न्युनतम सी ग्रेड र जीपिए २ अंक प्राप्त गरेको हुनुपर्ने छ ।

२। ईन्जिनियरिङ

इञ्जिनियरिङ सम्बन्धित कार्यक्रमा १२ वटा विषयको अध्ययन गर्न सकिने छ । जसमा डिप्लोमा इन सिभिल इञ्जिनियरिङ, डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रोनिक्स इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनियरिङ, डिप्लोमा इन जियोम्याटिक्स इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिकल इञ्जिनियरिङ, डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङ, डिप्लोमा इन अटोमोबाइल इञ्जिनियरिङ, डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी, डिप्लोमा इन आर्किटेक्चर इञ्जिनियरिङ, डिप्लोमा इन बायोमेडिकल इक्विपमेट इञ्जिनियरिङ र डिप्लोमा इन रेफ्रिजरेसन एण्ड एअर कन्डीसनिङ रहेका छन् । डिप्लोमा इञ्जिनियरिङ् तर्फका सम्पुूर्ण कार्यक्रमका लागि विज्ञान र गणितमा न्युनतम सि ग्रेड र अग्रेजि न्युनतम डि प्लस ग्रेट हुनुपर्ने छ ।

३। कृषि तथा वनविज्ञान

कृषि तथा वनविज्ञानसँग सम्बन्धित कार्यक्रमा ४ वटा विषयको अध्ययन गर्न सकिन्छ। जसमा डिप्लोमा इन एग्रिकल्चर (बालीविज्ञान), डिप्लोमा इन एग्रिकल्चर( पशुविज्ञान), डिप्लोमा इन फुड एण्ड डेरी टेक्नोलोजी र डिप्लोमा इन फरेष्ट्री छन्।

डिप्लोमा तहका कृषि, फुड/डेरी टेक्नोलोजी र फरेष्ट्रिका लागि अग्रेजि, गणित र विज्ञान मध्ये कुनै २ विषयमा न्युनतम सि र कुनै एक विषयमा न्युनतम डि प्लस गे्रड आएले पढ्न पाउने छन् । हस्पिटालिटी डिप्लोमा होटल म्यानेजमेन्ट विषयको अध्ययन गर्न सकिने छ । जसका लागि अंग्रेजि, विज्ञान र गणितमा न्युनतम डि प्लस ग्रेड आएको हुनुपर्ने छ ।

४। सोसल वोर्क

सोसल वर्क तर्फ डिप्लोमा इन इन्टरप्रेनर्शिप डेभलेपमेन्ट र डिप्लोमा इन सोसियल वर्क्स विषय छन् । सो पढ्नका लागि विज्ञान र गणितमा न्युनतम डि प्लस ग्रेड आएको हुनुपर्ने छ । व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले पनि आंगिक र सम्बन्धन प्राप्त कलेजमा भर्ना लिन आधार तय गरेको छ । तीनवर्षे डिप्लोमा तह अध्ययन गर्न कम्तीमा २ जीपीए ल्याउनुपर्ने हुन्छ ।

सिटिईभिटी मार्फ संचालीत आङ्खिक शिक्षालय, साझेदारी शिक्षालय, सामुदायिक विद्यालय र नीजि स्तरबाट संचालित शैशिक संस्थामा कक्षा संचालन हुने छन् । सबै गरेर ४९६ शैक्षिक संस्था र १९ हजार ७४१ जना विद्यार्थी पढाउने क्षमता रहेको बज्रचार्यले जानकारी दिए ।

उनले भने प्राविधिक विषय अध्ययन गर्न प्रवेश परीक्षामा नाम निकालन पर्छ । प्राविधिक शिक्षा लिए पछि बेरोजगार बस्नु पर्दैन । सिटिभिटीले शुल्क निधारणका लागि समीति गठन गरेको छ । समितिले केही दिन पछि शुल्क तोक्ने पनि बज्रचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.