२०७६ असार १६ गते १२:२१ विकासन्युज
काठमाडौँ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा पुनः सुशील बज्राचार्य चयन भएका छन् ।
कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले बज्रचार्यलाई दोश्रो कार्यकालका लागि पदावधि थप गर्ने निर्णय गरेको कम्पनी सचिव ध्रुवप्रसाद न्यौपानेले जनाएका छन् ।
बज्राचार्यको दोश्रो कार्यकाल साउन १ गतेदेखि ४ वर्षको लागि हुनेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.