२०७६ असार १६ गते १६:३० विकासन्युज
काठमाडौँ । सानिमा बैँकले उच्च माध्यमिक तह(प्लस टु) अध्ययन गर्नका लागि काठमाण्डौ उपत्यकाबाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन खुल्ला गरेको छ । छात्रवृत्ति आवेदन साउन १० गतेसम्म दिन सकिने छ ।
यो छात्रवृत्ति बैंकले काठमाडौँ उपत्यका बाहिरका सबै शाखाहरुबाट स्थायी बसोबास भएका गरीब तथा विपन्न वर्गका विद्यार्थीलाई उच्च माध्यमिक तह(प्लस टु) अध्ययनका लागि दिइदै आएको जनाएको छ ।
यस कार्यक्रम अन्तर्गत विद्यार्र्थीहरुलाई शैक्षिक संस्थामा लाग्ने शुल्कहरु तथा शैक्षिक सामाग्रीहरुका अतिरिक्त मासिक रु. २,०००/– नगद वृत्ति सहित २ वर्षकालागि छात्रवृत्ति प्रदान गरिन्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.