दुर्गम भेगका ४२ परिवारलाई निःशुल्क सोलार वितरण

  २०७६ असार १९ गते १३:४४     विकासन्युज

खाँदबारी । संखुवासभाको सभापोखरी गाउँपालिकाले दुर्गम भेगका ४२ परिवारलाई निःशुल्क सोलार सेट वितरण गरेको छ । गाँउपालिकाको ६ वटै वडाका ती परिवारलाई सोलार वितरण गरिएको हो । वर्षौदेखि अँध्यारोमा रात बिताउँदै आएका दुर्गम गाउँ पाँचतला, टुम्सीकुर, आपुङ, सिदेक्पा, इथुक्बु लगायत दुर्गम भेगका ४२ परिवारलाई निशुल्क सोलार सेट वितरण गरिएको ६ नम्बर वडाका वडाअध्यक्ष विकास पौडेलले जानकारी दिनुभयो ।

निःशुल्क सोलार सेट पाएका दुर्गम गाउँका बासिन्दा खुशी भएका छन् । वर्षौदेखि अँध्यारोमा रात बिताउँदै आएका वडा नम्बर ६ का सरला तामाङले पहिलो पल्ट घर नै झिलिमिली हुदाँ निकै खुशी लागेको बताएकी छिन् । टुकीको भरमा गुजरा चलाउँदै आएका तामाङले सोलार सेट पाएपछि रातको समयमा घरायसी कामकाज गर्न र केटाकेटीलाई पढ्न सहयोग पुगेको बताए ।

सभापोखरी गाउँपालिकामा सभाखोला लघुजल विद्युत्तको २७ किलोवाट र चिन्ठे खोलाको १५ किलोवाट भए पनि ग्रामीण भेगसम्म विस्तार हुन सकेको छैन । गाउँपालिकाले प्रति परिवार रु ११ हजार बरावरको सोलार सेट वितरण गरेको हो । विद्युत्त नपुगेका ४२ परिवारलाई कुल रु ४ लाख ७३ हजारको सोलार सेट वितरण गरेको सभापोखरी गाउँपालिका कार्यालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.