एभरेष्ट बैंकद्वारा पोखरामा शवदाह गृह मेशीन स्थापना

  २०७६ असार १९ गते १९:०६     विकासन्युज


काठमाडौं । एभरेष्ट बैंकले शान्तिघाट, पोखरामा ऊर्जा प्रभावशाली तथा वातावरण मैत्री शवदाह गृह प्रणाली स्थापना गरेको छ ।

यसले २५० केजीभन्दा बढी प्रति दाहसंस्कारका लागि प्रयोग हुने काठ जोगाउँछ र वन विनाशलाई नियन्त्रण गर्दछ । यस प्रणालीमा चिसो स्क्रबरको माध्यमबाट धुवाँ बाहिर निस्किने भएकाले जोखिमपूर्ण वायू प्रदूषक र विषादी पदार्थहरु वायुमण्डलमा पुग्नुअघि हटाउँछ र प्रदूषण नियन्त्रणमा सहयोग पुर्याउने जनाइएको छ ।

यो मेशीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, पोखरा महानगरपालिकाका उममेयर तथा सम्पूर्ण वडा अध्यक्षहरुको उस्थितिमा मेयर मान बहादुर जिसीलाई हस्तान्तरण गरिएको छ । निर्देशक तथा ईबीएल सीएसआर समितिका अध्यक्ष डा. बाल गोपाल बैद्य, ईबीएल सीएसआर समितिका सदस्य डा. गणेश गुरुङ तथा एभरेष्ट बैंकका डेपूटी जनरल म्यानेजर राजीव जैनले मेशीन हस्तान्तरण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.