२०७६ असार २३ गते १३:२५ विकासन्युज
काठमाडौँ । सिटिजन्स बैंकसँग गाभिने समझदारी गरेको सहयोगी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा सुन्दर खड्का नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको असार २२ गते बसेको बैठकले कामु प्रमुख कार्यकारी अधिकृत खड्कालाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव राजेशकुमार मल्किकले जनाएका छन् ।
सिइओ खड्काले असार २९ गतेदेखि कार्यभार सम्हाल्ने छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.