१३ औं ईक्यान एजुकेसन फेयरको तयारी पुरा, असार २६ गते देखी भृकुटीमण्डपमा हुँदै

  २०७६ असार २४ गते १५:४४     विकासन्युज

काठमाडौं। ईक्यानको १३ औं एजुकेसन फेयरको तयारी पुरा भएको छ। नेपाल शैक्षिक परामर्श संघ ईक्यानले असार २६ गते गतेबाट काठमाडौंको भ्रिकुटीमण्डपमा आयोजना गर्ना लागेको १३ औं एजुकेसन फेयरको तयारी पुरा भएको हो। फेयर असार २६ देखी २९ गते सम्म संचालन हुँदैछ।

मेलामा १ लाख भन्दा बढी मानिसहरुले अवलोकन गर्ने ईक्यानले बताएको छ। मेलामा विभिन्न देशका राजदुतावास तथा कुटनितिक नियोगहरुको पनि उपस्थिती हुने जनाएको छ।

मेलामा इक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरु, स्वोदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चिन। बंगलादेश, श्रीलंका, जापान, फ्रान्स,अमेरिका, बेलायत, न्युजील्यान्ड, अष्ट्रेलिया, नर्वे लगायतका देशका कलेज तथा विश्वविद्यालयका अधिकारिक प्रतिनिधिहरुको सहभागीता रहनेछ।

नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवंम विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको सम्भावना तथा अवसरहरु जस्ता बिषयमा पर्याप्त गरी स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु र त्यहाँ प्राप्त हुनसक्ने छात्रव्रिती, सुविधा एवंम गुणस्तरिय शिक्षामा नेपाली विद्यार्थीहरुलाई समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने मेलाको प्रमुख उदेश्य रहेको ईक्यानका अध्यक्ष बिष्णुहरी पाण्डेले बताए।

यस्तै ईक्यानको संस्थागत सामाजिक उत्तरदायित्वो अन्तर्गत मेलामा रक्तदान कार्यक्रम गरिनुको साथै प्राथमिक उपचार तथा डेन्टल क्याम्पको पनि व्यवस्था गरिने ईक्यानले आफ्नो पत्रकार सम्मेलनमा बताएको छ। यस्तै मेलाका अवलोकनलाई लक्षित गरेर मुख्य रुटहरुमा निशुल्क बससेवा व्यवस्थापन गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.