राष्ट्रिय बीमा कम्पनी र मुक्तिनाथबीच ब्यवसाय आदान प्रदान गर्ने सम्झौता

  २०७६ असार २५ गते १५:१०     विकासन्युज


काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच असार २२ गते एक आपसका ब्यवसाय आदान प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार कम्पनीले बैंक सम्बन्धी कार्य गर्नको लागि मुक्तिनाथ विकास बैंकलाई प्राथमिकता दिने तथा बैंकले आफ्नो सम्पत्ति तथा दायित्वको बीमा गर्दा राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई प्राथमिकता दिने बताइएको छ ।

सम्झौतामा बीमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्याल तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.