२०७६ साउन १ गते १६:२३ विकासन्युज
काठमाडौँ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) लिको २५ औं साधारण सभा मंगलबार सम्पन्न भएको छ ।
साधारण सभाले हाल कायम रहेको चुक्ता पूँजीको ५८ करोड ४० लाखको ८४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बोनस सेयर पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ७ करोड ४५ लाख ६० हजार पुग्नेछ ।
कम्पनीले आव २०७४/०७५ मा कूल बीमा शुल्क १ अर्ब ५५ करोड ९ लाख ४१ हजार आर्जन गरेको र नाफा ९ करोड १३ लाख २ हजार आर्जन गरेको जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.