एनटीएले सार्वजनिक गर्यो १६ अर्ब ६९ करोडको वार्षिक कार्यक्रम

  २०७६ साउन ३ गते १८:२५     नबिन पोखरेल

काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरण(एनटीए) ले आर्थिक बर्ष २०७६/७७ को प्रस्तावित वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षमा प्राधिकरणको अनुमानित बजेट कुल १६ अर्ब ६९ करोड ७८ लाख रुपैयाँ रहेको छ । यसमा ग्रामीण दूरसञ्चार कोषतर्फ ६ अर्ब ५० करोड रुपैयाँ रहेको छ । प्राधिकरण तर्फको जम्मा रकम भने १० अर्ब १९ करोड ७८ लाख रुपैयाँ रहेको छ ।

यस्ता छन् प्रस्तावित कार्यक्रमः
दूर सञ्चार सेवा सर्व सुलभ बनाउने शीर्षकमा ४३ करोड रुपैयाँ छुट्याईएको छ । नेपाल भर दूरसञ्चार सुविधा पुर्याउने शीर्षकमा ६८ करोड ५१ लाख रुपैयाँ छुट्याईएको छ ।

त्यसैगरी स्वस्थ प्रतिस्पर्धा गर्ने शीर्षकमा ५० लाख रुपैयाँ छुट्याईएको छ । यन्त्रको स्तर तोक्न १ अर्ब ९० करोड रुपैयाँ छुट्याईएको छ ।
सञ्चार सेवालाई व्यवस्थित बनाउन ९ करोड २० लाख रुपैयाँ छुट्याईएको छ । अनुमति पाएका व्यक्तीले दूर सञ्चार सेवा उपलब्ध गराउने सम्बन्धमा ५ लाख रुपैयाँ छुट्याईएको एनटीएले जनाएको छ ।

फ्रिक्वेन्सी सम्बन्धी काम गर्न १५ करोड २० लाख रुपैयाँ छुट्याईएको छ भने नयाँ प्रविधिको विकास तथा उपयोग, अनुसन्धान गर्न १ करोड २० लाख रुपैयाँ छुट्याईएको छ । दक्ष जनशक्ती विकास गराउन ५५ लाख रुपैयाँ छुट्याईएको छ । उपभोक्ता हक हितकोलागि १ अर्ब रुपैयाँ छुट्याईएको एनटीएले जनाएको छ ।

दूर सञ्चार सेवाको विकास र प्रवद्र्धनको लागि आवश्यक काम गर्न ३ अर्ब ८८ करोड रुपैयाँ छुट्याईएको छ । आवश्यक प्रशासनिक कार्य गर्नको लागि १ अर्ब ९२ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.