२०७६ साउन ४ गते १९:३३ विकासन्युज
काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा अग्रणी संस्था एसआईईसीले अष्ट्रेलियामा पढ्न जान इच्छुक विद्यार्थीसँग साक्षात्कार गर्ने उदेश्यसहित २ दिन सेमिनार गर्ने भएकाे छ । ती सेमिनारहरूमा अष्ट्रेलियाका चर्चित तीन विश्वविद्यालयहरू टोरेन्स ,एडिथ क्राउन र फेन्डर्स युनिभर्सिटीको प्रतिनिधि सहभागी हुने एसआईईसीले जनाएकाे छ ।
सेमिनार टोरेन्स र एडिथ क्राउन युनिभर्सिटीको लागि साउन ६ गते हुने भएकाे छ भने फेन्डर्स युनिभर्सिटीको लागि साउन १२ गते हुने भएकाे छ । एसआईईसीको कार्यालय पुतलीसडकमा हुने यी सेमिनारमा तिनै ओटा विश्वविद्यालयका प्रतिनिधिहरुसँग अस्ट्रेलिया अध्ययनमा जान तयारि गरिरहेका विद्यार्थीले प्रत्यक्ष रुपमा सबै जिज्ञासाहरु मेट्न सक्नेछन ।
सेमिनारमा विद्यार्थीले आवेदनसँगै पेस गर्नुपर्ने डकुमेन्ट, विधि, प्रक्रियाबारे जानकारी पाउनुकाे साथै उनीहरूकाे आत्मविश्वास बढ्ने एसआईईसीको भनाई छ ।
ती विश्वविद्यालयहरुले २५ प्रतिशतसम्म छात्रवृत्ति दिइरहेको एसआईईसीका नेपाल निर्देशक नवराज केसीले जानकारी दिए । विद्यार्थीहरुले आफ्नो पढाइ र क्षमता अनुसार छात्रवृत्तिहरु पाउने उनले बताए ।
विदेश अध्ययनका क्षेत्रमा बिगत दुई दशकभन्दा अघिदेखि क्रियाशील रहेर भारतसहित धेरै मुलुकमा सञ्जाल बनाउन सफल भएको एसआईईसीको सन् २०१४ देखि नेपालमा कार्यालय सञ्चालनमा आएको हो । एसआईईसीले अष्ट्रेलियाका ४३ मध्ये ३१ वटा विश्वविद्यालयसँग सिधा सम्वन्ध राखेर मास्टर, पोष्ट ग्राजुयट, ब्याचलर लेवलमा अध्ययनका लागि विद्यार्थी पठाउने काम गर्दै आएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.