२०७६ साउन २४ गते १७:२१ विकासन्युज
काठमाडौँ । एसियन कंक्रिटो प्रालिको ‘एक्सपिरियन्स सेन्टर’ टेकुमा खुलेको छ । शुक्रबार एक समारोहकाबीच सेन्टर उद्घाटन गरिएको हो । साथै टेकुमा उद्घाटन भएको ूएक्सपिरियन्स सेन्टरू को समुद्घाटन वृज सिमेन्ट इ.प्रालिका अध्यक्ष ताराचन्द केडियाले गरेका हुन् ।
एसियन कंक्रिटो प्रालि वि.सं. २०७४ सालमा भैरहवा–परासी औद्योगिक करिडोर अन्तर्गत रामग्राम नगरपालिकाको हकुई १६ मा स्थापना भई २०७५ साउन महिनादेखि यसले उत्पादन शुरु गरेको हो ।
यो पूर्णरुपमा जर्मनीको मासा कम्पनीको प्लान्ट हो । मासा कम्पनि भनेको विश्वमा ब्लक उत्पादन गर्ने उपकरण बनाउने कम्पनि मध्ये सबैभन्दा राम्रो प्रविधि प्रयोग गर्ने कम्पनि हो । जसले यूरोप, मध्यपूर्वी देशहरु, उत्तर तथा दक्षिण अमेरिका सहित अन्य सबै देशहरु तथा भारतमा पनि ब्लक बनाउने उपकरण सप्लाईको साथसाथै निरन्तर रुपमा सेवा दिदैं आएको छ । हाम्रो छिमेकी मुलुक भारतमा ३ वटा ठाउँमा मात्र यसले मेसिन (उपकरण) सप्लाई गरेको छ ।
उद्योगबाट उत्पादन हुने विभिन्न प्रकारका उत्पादनहरु जस्तै पेभर्स, व्लक, ईटा, कर्वस्टोन, होलोव्लक बनाउनको लागि चाहिने कच्चापदार्थ नेपालमै पाइन्छ । कच्चापदार्थहरु ९० प्रतिशतभन्दा बढी नेपालमै उपलब्ध हुने कम्पनीले जनाएको छ ।
नेपालबाट भारत निकासी हुने गिटी, बालुवा र ढुंगालाई नेपालमै प्रयोगमा ल्याएर त्यसबाट बस्तुहरु उत्पादन गरी त्यसको बजारीकरण गरी छिमेकी राष्ट्रमा निकासी गर्दा देशलाई नै बढी फाइदा हुने जनाइएको छ ।
उद्योगमा लगभग २०० करोड पहिलो चरणमा लगानी भइसकेको छ र दोश्रो चरणमा पनि त्यतीनै वा सो भन्दा बढी लगानी गर्नुपर्ने देखिएको छ । यो उद्योगबाट दैनिक ५०० टन उल्लेखित बस्तुहरु उत्पादन गरिरहेको छ । यो उद्योगले नेपालमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा कम्तिमा १०० देखि १५० जनाको लागि रोजगारीको सृजना गरेको छ ।
उद्योगका उत्पादनहरु भैरहवा, बुटवल बाहेक, काठमाण्डौ, पोखरा, चितवन, हेटौँडा, नेपालगञ्ज, धनगढी, लुम्बिनी, लगायतका धेरै क्षेत्रमा गइरहेको छ । कम्पनिको अध्यक्षमा मनिष रुङटा तथा निर्देशकहरुमा राजेश अग्रवाल, मनोज केडिया, अनिल जाटिया, गौरब अग्रवाल छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.