अब फोहर बिक्री हुने, ‘विधेयक मन्त्री परिषद्माबाट पास भएपछि व्यवस्थापन सहज’

  २०७६ भदौ ४ गते १९:१०     विकासन्युज

काठमाडौं । घर घरबाट निस्केको फोहरमैलाको बिक्री हुने भएको छ । सरकारले फोहरमैला व्यवस्थापन र प्रशोधन गर्ने विधेयक मन्त्री परिषद्मा लाने र पास भएपछि नेपालमा नै फोहर बिक्री हुने भएको हो ।

बुधबार नेपल उद्योग परिसंघले गरेको कार्यक्रमा बोल्दै उद्योगमन्त्री मातृका यादवले नेपालमा वृद्धि हुँदै गएको फोहरमैलाको व्यवस्थापनका लागि ठोस निर्णय गर्ने बताए । उनले भने-‘हामीले विषका कुरा गर्दा हाम्रा आफ्नै घरमा उत्पादन हुने फोहरलाई विर्सिन्छौँ ।

नेपालका प्लास्टिक उत्पादन गर्ने उद्योगहरुले मुनाफालाई मात्रै हेरेको कारणले पनि प्रदूषण भएको बताए । अब प्लास्टिकका सामान उत्पादकहरुलाई पनि सजक गराउनु पर्ने मन्त्री यादवले बताए ।

बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले फोहर मैलाको विषयमा सबैले सोच्नु पर्ने बताए । विश्वमा नै फोहर व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएका बेला नेपालले वातावरण संरक्षण गर्नु पर्ने बताए ।

काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले नेपालमा फोहर व्यवस्थापन नै चुनौतिको रुपमा रहेको बताए । काठमाडौं नजिकै फोहर व्यवस्थापन गर्ने उद्योग स्थापना गरेर व्यवस्थापन गर्नु पर्ने बताए । फोहर व्यवस्थापनमा कुहिने र नकुहिने फोहोर छुट्यार फरक किसिमको गाडी व्यवस्थापन गर्नु पर्ने न्यौपानेले बताए ।

नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष सतीशकुमार मोरले नेपालको फोरहमैला व्यवस्थापनलाई बेलैमा ध्यान दिनु पर्ने बताए । फोहोर मैला व्यवस्थापनमा निजी क्षेत्र र तिनै तहको सरकारले मिलेर काम गर्नु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.