२०७६ भदौ १० गते १५:०० विकासन्युज
काठमाडौँ । नाडा अटो शोमा कोरियाको चौथो ठूलो गाडीहरु उत्पादन गर्ने कम्पनी ससाङयोङ मोटर्सले यो वर्ष पनि आफ्नो सहभागिता जनाएको छ ।
भृकुटीमण्डपमा आयोजित नाडा प्रदर्शनीमा कम्पनीका गाडीहरु स्टल नं.ःएच १४ प्रदर्शन गरिएको छ । कम्पनीले अधिकत्तम छुटका साथ माइन्ड ब्लोइङ अफर ल्याएको छ ।
नाडा प्रदर्शनी २०१९ मा ससाङयोङ कम्पनीका गाडीको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका हुन् ।
प्रमुख अफरहरु बाहेक ससाङयोङ मोटर्सले एक वर्षको बीमा, एक वर्षको सवारी कर, पाँचवर्षको निःशुल्क सर्भिसिङ्ग, तीनवर्षको वारेन्टी, मासिक सरल किस्ता, उचितब्याजदर र रु. २५ हजार सम्मको एसेसरिज सुविधा दिने जनाएको छ ।
नाडामा लन्च भएको मुस्सो ग्राण्डमा ससाङयोङको नयाँ सुटको सुरुवाती मूल्य रु. ७३,९९,०००/- छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.