२०७६ भदौ ११ गते १८:३१ विकासन्युज
काठमाडौँ । नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्सको गाडीहरू किन्ने योजनामा रहेका ग्राहकहरूका लागि अब ९० प्रतिशतसम्म फाइनान्सको सुविधा प्रदान गर्न भएको छ ।
फाइनान्स सुबिधाका लागि सिप्रदीले सांग्रिला विकास बैंक तथा सानिमा बैँकसँग सम्झौता गरेको छ । भेइकललोन अन्तर्गत कमर्सियल गाडीहरू, सेमी(कमर्सियल गाडीहरू तथा प्यासेन्जर भेइकल(यात्रुवाहक गाडीहरू) खरिदका लागि दुईवटा बैँकहरूसँग सिप्रदीले भेइकल लोन(गाडी कर्जा) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो ।
उक्त सम्झौताअन्तर्गत सांग्रिला विकास बैँकबाट भ्याट बिलमा उल्लेख भए बमोजिम मूल्यको ९० प्रतिशतसम्म फाइनान्सको सुविधा प्रदान गरेको छ र यात्रुवाहक गाडीहरू किन्न भ्याट बिलमा उल्लेख भए बमोजिमको मूल्यको ५० प्रतिशतसम्म फाइनान्सको सुविधा प्रदान गरिएको छ । कमर्सियल गाडी र सेमी(कमर्सियल गाडीहरूको कर्जा पाँचवर्ष भित्र चुक्ता गर्नुपर्छ भने यात्रुवाहक गाडीहरूको कर्जा सात वर्ष भित्र तिरि सक्नुपर्छ ।
सिप्रदी कम्पनीजका उपाध्यक्ष सौरभराज थपलियाको उपस्थितिमा सिप्रदीका तर्फबाट सेल्स तथा मार्केटिङ्गका जेनरल म्यानेजर अनुपमणि ढकाल र सांग्रिला विकास बैंकका प्रमुख कर्जा अधिकारी रंजित मास्केले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सानिमा बैँकसँग भने सिप्रदीले च्यासिसको मात्र फाइनान्स गर्ने सम्झौता हस्ताक्षर गरेको छ । भ्याट बिलमा उल्लेख भएअनुसार गाडीको कूल मूल्यको बढीमा ७० प्रतिशत तिर्न चाहने ग्राहकहरूले गाडी कर्जा प्राप्त गर्न सक्नेछन् ।
कर्जा चुक्ता गर्नका लागि ग्राहकहरूले पाँचवर्षको समयावधि पाउने छन् । सिप्रदी कम्पनीजका उपाध्यक्ष सौरभराज थपलियाको उपस्थितिमा सिप्रदीकातर्फबाट सेल्स तथामा र्केटिङ्गका जेनरल म्यानेजर अनुपमणि ढकाल र सानिमा विकास बैंकका रिटेल लेन्डिङ विभागका प्रमुख हेमराज संजेलले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.