२०७६ भदौ १५ गते १४:१९ विकासन्युज
काठमाडौँ । वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा पुष्पप्रसाद श्रेष्ठ चयन भएका छन् ।
२०७३ साल माघ १२ गतेदेखि रिक्त रहेको सीइओ पदमा श्रेष्ठ नियुक्त भएका हुन् । भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले भदौ १० गतेदेखि लागु हुने गरी श्रेष्ठलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव भरतबहादुर थापाले जनाएका छन् ।
वल्र्ड मचेन्ट समस्याग्रस्त अवस्थाबाट साउन १५ गतेदेखि फुकुवा भएको हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.