२०७६ भदौ १६ गते १४:२५ विकासन्युज
काठमाडौँ । पाँचतारा बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले आागामी ४ वर्षे कार्यकालको लागि भोलानाथ पाठकको अध्यक्षतामा निर्विरोध नयाँ सञ्चालक समिति चयन गरेको छ ।
संस्थाको द्वितीय उपाध्यक्षमा विजया मल्ल, सचिवमा लोचनहरि प्रसाईं, कोषाध्यक्षमा कुमार बिमली र सदस्यहरुमा रेणुका प्रधान, विन्दा कुँवर, हरिबंश कडरिया र गोपालबहादुर तामाङ रहेका छन् । त्यसैगरी लेखासमिति संयोजकमा सुशील प्रसाईं र सदस्यहरुमा खेमराज पोखरेल र नवराज प्रसाईं रहेका छन् । त्यसैगरी ऋण उपसमिति सदस्यहरुमा अवलेशकुमार पाण्डे र मनिषकुमार शिवाकोटी चयन भएका छन् भने शिक्षा उपसमितिको संयोजकमा उत्तम राजभण्डारी र सदस्यहरुमा युवराज प्रसाईं र चेतनाथ सिंह बस्नेत रहेका छन् ।
नेफ्स्कुनका अध्यक्ष डिबी बस्नेतको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । सभाले संस्थाको आर्थिक २०७५/७६को वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनलाई पारित गरेको छ । गतआवको अन्त्यसम्म संस्थाको शेयरपूँजी ६ करोड २६ हजार, बचत संकलन ३८ करोड ९ लाख र ऋण लगानी ३६ करोड ८८ लाख७७हजार रहेको कोषाध्यक्ष कुमार बिमलीले जानकारी दिए ।
संस्थाले गत आवमा २ करोड १४ लाख ९५ हजार सञ्चालन नाफाआर्जन गरेको छ भने त्यस अवधिमा प्रत्यक्ष र अन्य कर गरी ५२ लाख रुपैया राजश्व तिरेको छ । संस्थामा हाल १ हजार ७७८ शेयर सदस्य रहेका छन् । संस्थाको जगेडा कोष, प्राकृतिक विपत्ति कोष, अन्य खर्च नहुने कोष, घाटापूर्ति कोष र ऋण नोक्सानी कोषमा गरी ५ करोड ३४ लाख ६२ हजार रकम सञ्चित रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.