२०७६ भदौ २२ गते १०:४५ विकासन्युज
काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय विमान वाहक संस्था हिमालय एयरलाईन्सले समाजको कल्याणकारी कार्यका लागि संस्थागत सामाजिक क्रियाकलापलाई अझ व्यापक बनाउन वायुसेवा सञ्चालक समिति नेपाल (एओसि–एन) सँग सहकार्य गरेको छ ।
सेप्टेम्बर ५, २०१९ मा भएको वार्षिक कल्याणकारी क्रियाकलापका लागि वायुसेवा संस्थाहरुको संगठनले समितिसँग सहकार्य गरेको थियो । वायुसेवा सञ्चालक समितिको नेतृत्वमा यो बर्ष काठमाडौंको मातातीर्थस्थित मातातीर्थ वृद्धाश्रम समितिलाई सहयोग गरिएको छ ।
वृद्ध महिलाहरुलाई अतिरिक्त हेरचाहको आवश्यकतालाई मध्यनजर गर्दै हिमालय एयरलाईन्सले आश्रममा सरसफाईका आवश्यक सामग्रीहरु वितरण गरेको छ । वृद्धाश्रम समितिको अनुरोध अनुसार एयरलाईन्सले साबुन, सर्फ, शौचालय सामग्री, टावल, कुचो तथा कपाल काट्ने सामाग्रीहरु उपलब्ध गराएको हो ।
काठमाडौंबाट १५ किलोमिटर पश्चिमको दूरीमा रहेको मातातीर्थ वृद्धाश्रम सन् १९९७ मा स्थापना भएको थियो । घरबारविहीन, हेरचाह नपाएका, परिवारविहीन ६० बर्ष उमेर काटेका वृद्ध नेपाली महिलाहरुलाई आश्रमले आश्रय दिँदै आइरहेको छ ।
आश्रमले भोजन, आश्रय तथा लत्ताकपडा बाहेक पनि स्वास्थ्य, धार्मिक तथा मनोरञ्जनात्मक सेवाहरु समेत उपलब्ध गराउँदै आएको छ । हाल आश्रममा २५ वृद्ध महिला र ५ सहयोगीहरु बस्दै आएका छन् ।
समितिका प्रबन्धक राम थापालाई सामाग्री हस्तान्तरण गर्दै, ब्रान्ड तथा सर्भिस इम्प्रुभमेन्ट प्रमुख उज्ज्वला दलीले विचार व्यक्त गर्दै भने‘यस महान कदम उठाएकोमा हिमालय एयरलाईन्सले वायुसेवा सञ्चालक समितिको प्रशंसा गर्दछ र मातातीर्थ वृद्धाश्रम समितिलाई योगदान पु¥याउन हामीलाई पनि समावेश गरेकोमा आभार प्रकट गरेको छ ।
यसरी, हिमालय एयरलाईन्सले यस्ता सामाजिक कल्याणका कार्यमा सहकार्य गर्न सदैव उत्सुक र तत्पर छ । यसरी आवश्यकताबाट वञ्चित आमाहरुको आश्रय र हेरचाह गर्ने जिम्मेवारी उठाउनु मातातीर्थ समितिको काम हो । यी आमाहरुको नियमित सहयोगका लागि हिमालय एयरलाईन्स प्रतिबद्ध छ र अन्य सबै संगठन र व्यक्तिहरुलाई पनि यस कार्यमा सहकार्य गर्न आग्रह गरेको बताएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.