२०७६ भदौ २३ गते १९:५१ विकासन्युज
काठमाडौ । नेपाल उद्योग परिसंघ (सिएनआई) ले यही भदौ २५ र २६ गते नेपाल पूर्वाधार सम्मेलन ‘टु थाउजेन्ट नाएन्टीन’ गर्ने भएको छ । सोही अवसरमा प्रदेश स्तरका ८२ र लगानी बोर्डको २१ आयोजना शोकेस गरिने छ । सो सम्मेलनमा नेपाल उद्योग परिसंघलाई नेपाल सरकारको समेत सहयोग रहने छ ।
सिएनआईका अध्यक्ष सत्तिस कुमार मोरले भने– ‘हामीले हाम्रा बाटा घाटामा सुधार गर्न सकेमा हाम्रो व्यापार व्यवसाय फस्टाउदै जानेछ ।’ उनले वर्तमान समयमा पेट्रोल, डिजेलको लागि नै बढी खर्चनु परेको बताए । साथै, आगामी दिनमा नेपालमा व्यापार व्यवसायमा सुधार गर्न आवश्यक रहेकोमा उनले प्रकाश पारे ।
दुई दिनसम्म चल्ले उक्त कार्यक्रमलाई ७ भागमा बाँडिएको छ । कार्यक्रममा प्रधानमन्त्री के.पी. शर्मा ओली, नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल, अर्थ मन्त्री डा. युवराज खतिवडा, नेता डा. बाबुराम भट्टराई, डा. रामशरण महत, बर्षामान पुन तथा व्यवसायी बिनोद चौधरी लगायतको सहभागीता रहने छ ।
कार्यक्रममा ९० जना वक्ताहरुले सहभागिता रहने छ। सो मध्येमा ३० विदेशी रहेका छन् भने अन्य नेपाली रहेका छन् । सो कार्यक्रममा ६० संस्थाहरु पार्टनर हुने सिएनआईले बताएको छ ।
सिएनआईमा आयोजीत पत्रकार सम्मेलनमा बताइए अनुसार विगतका वर्षमा नेपालमा हुने सम्मेलनमाविदेशीलाई हाम्रा सम्भावना देखाउँन कठिन हुने गथ्र्यो । पछिल्लो समय बढ्दो अवसरका कारण विदेशी कम्पनीहरुसँग सहकार्य गर्न केही सहज भएको पाईएको छ । अहिले प्रदेश गत रुपमा नै काम गर्ने मिल्ने अवस्था रहेकाले सो कुराले व्यापारिक विकासमा सहज हुने कुरा बताइयो ।
कार्यक्रमका आकर्षण
कार्यक्रमममा उर्जा, ग्रामीण विकास, कृषी, पर्यटन, यातायात, खानेपानी तथा सरसफाई लगायतका विषयमा छलफल हुनेछ । छलफलमा लगभग ५ सय लगानीकर्ताहरुको सहभागीता हुनेछ। विभिन्न आयोजना समावेस गरिएकाले कार्यक्रम उपलब्धि मूलक हुने आयोजकको दाबी छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.