पेट्रोल, डिजल र मट्टीतेलको मूल्य २/२ रुपैयाँ घट्यो, १२ बजेदेखि लागु

  २०७६ भदौ २४ गते १२:१५     विकासन्युज


काठमाडौँ । पेट्रोल, डिजल र मट्टीतेलको मूल्य मंगलबार दिउँसो १२  बजेदेखि २/२ रुपैयाँले घटेको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलिमय पाइपलाइन उद्घाटनका अवसरमा सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

पेट्रोलियम पाइलाइनको उद्घाटन हुनु अघि आयल निगमका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले अमलेखगञ्जबाटै मूल्य घटाउने घोषणा गरेका हुन् ।

एलपिजी ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत रहेको जनाइएको छ । नयाँ मूल्य अनुसार अब पेट्रोलको प्रतिलिटर १०७ रुपैयाँ र डिजेल तथा मट्टितेलको समान ९५ रुपैयाँ कायम हुने निगमले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.