२०७६ भदौ २८ गते १५:४७ विकासन्युज
काठमाडाैं । मोटरहेडको नेपालका लागि आधिकारिक विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड प्रा.लि. ले टेक्केन २५० लाई केहि वर्ष अघि नेपाल भित्र्याएको थियो । मोटरहेडको सवैभन्दा बढि रुचाइएको यो मोडेलको क्रेज पछिल्लो समयमा झन् बढ्दै गइरहेको छ ।
यो मोटरसाइकल लोकप्रिय हुनुको खास कारणमा डुअल–स्पोर्टस् जन्र र मूल्यलाई मान्न सकिन्छ । डुअल–स्पोर्टस् मोटरसाइकल भन्नाले अनरोड र अफरोड दुवैमा राम्रो पर्फम गर्न सक्ने मोटरसाइकल भन्ने बुझिन्छ ।
चाइनिज कम्पनी फ्यूगो पावर्सले बनाएको मोटरहेड टेक्केन २५० मा हालसालै पावर थोरै अपग्रेड गरेर बजारमा ल्याइएको छ । अहिले यसको २२३ सीसी ओयलकुल्ड इञ्जिनले १८ बीएचपीको पावर र १७ एनएमको टर्क प्रोड्यूस गर्छ ।
६–स्पीड गियरबक्स दिइएको यो मोटरसाइकलको पावर–टु–वेट रेसियो पनि राम्रो भएको हुनाले गर्दा राम्रो एक्सलिरेशन र टपस्पिड समेत दिएको छ ।
८२० मिलिमिटर सीट हाइट रहेको यो मोटरसाईकल हेर्दा ह्याभी देखिनुका साथै एडभेञ्चर मोटरसाइकलको लुक्ससङ्ग पनि मेल खान जान्छ । एलईडी हेडलाईट दिइएको यो टेक्केन २५० मा डुअल–एक्जस्ट, फ्रन्टमा अपसाइड–डाउन फर्क र रियरमा भने स्विङ्गआर्म एसिस्टेड मोनोशक दिइएको छ । यी मजबुत अपसाइड–डाउन फर्कले मोटरसाइकललाई जस्तोसुकै शक पनि एब्जर्व गर्न मद्दत गर्छ भने यसले मोटरसाइकलको लुक्स पनि बढाएको छ ।
१७ इञ्च स्पोक व्हिल्स दिइएको यो मोटरसाइकलको टायरहरु फ्रन्टमा ११०/९० र रियरमा १३०/८० सेक्सन का छन् । दुईओटै व्हिलहरुमा डुअल–पिस्टन क्यालिपर सहितको डिस्कब्रेक दिइएको यो मोटरसाइकलमा एबीएस चाहिँ दिइएको छैन । त्यसैगरी, मोटरहेडले यो मोटरसाइकलमा २८ मिलिमिटर डायमिटर भएको फ्याट ह्याण्डलवार दिएको छ जसले अफरोडिङ्गको वेला मोटरसाइकल पल्टेर ह्याण्डल बाङ्गिने समस्याबाट छुट्कारा दिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.