सिटिजन्स बैंकमा फर्किए राजनसिंह भण्डारी

  २०७६ असोज १० गते ९:५०     विकासन्युज

काठमाडौं । प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिएको ८ महिनापछि राजनसिंह भण्डारी सिटिजन्स बैंकमा फेरि फर्किएका छन् । तर प्रमुख कार्यकारी अधिकृतकाे हैसियतमा हाेइन, सञ्चालक समितिकाे अध्यक्षकाे हैसियतमा बैंककाे नेतृत्व गर्दैछन् ।

शुक्रबार हुन गइरहेको बैंकको साधारणसभामा रहेको ३ जना प्रोमोटर र एकजना सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने सञ्चालक निर्वाचनमा ४ जनाको मात्रै उम्मेदवारी परेपछि उनी बैंकमा भित्रने निश्चित भएको हो । सञ्चालकहरुको निर्वाचन गर्न गठित निर्वाचन समितिका संयोजक विवेक घिमिरेले ४ जना सञ्चालकका लागि ४ जनाको मात्रै उम्मेदवारी परेकोले शुक्रबारको साधारणसभाबाट उनीहरु निर्विरोध निर्वाचित भएको घोषणा गरिने जानकारी दिए ।

त्यस्तै, सिटिजन्स बैंकमा प्रमोटरका तर्फबाट  प्रवलजंग पाण्डे र सजन शर्मा सञ्चालक बन्ने भएकाे छन् । पाण्डे नेपाल उद्याेग वाणिज्य महासंघकाे कार्यसमिति सदस्य हुन् । केही वर्षअघि उनकाे बुबा प्रदिपजंङ्ग पाण्डेले यस बैंककाे अध्यक्षकाे जिम्मेवारी समालेका थिए । सजन शर्मा पूर्व सञ्चालक डाेलराज शर्माका छाेरा हुन् ।  त्यस्तै, सर्वसाधारण शेयरधनीका तर्फबाट महिला सञ्चालक सीता कार्की चुनिकी छिन ।

क्षमता, अनुभव र वरिष्टताकाे आधारमा राजनसिंह भण्डारी सिटिनन्स बैंकको अध्यक्ष बन्ने पक्का भएको स्राेतले बतायाे । छ । हाल अध्यक्ष रहेका डा. शंकर शर्माको कार्यकाल साधारणसभा समापनसँगै सकिने छ । नयाँ सञ्चालक समितिले नयाँ अध्यक्ष चयन गर्नेछ ।

भण्डरी सिटिजन्स बैंक प्रबर्द्धकका साथै संस्थापक प्रमुख कार्यकारी अधिकृत  हुन् । उनले लगातार १२ वर्ष बैंककाे प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी समालेका थिए । उनलाई बैंकले प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिन चाहेकाे थियाे । बाफियामा उल्लेखित २ कार्यकालको व्यवस्था देखाउँदै राष्ट बैंकले तेस्राे कार्यकालका लागि नियुक्ती नगर्न सञ्चालक समितिलाई संकेत दिएपछि बैंकले  भण्डारीलाई सल्लाहकारकाे रुपमा नियुक्त गरेको थियो । तर त्यसमा राष्ट्र बैंकको असन्ताेषपछि उनले सल्लाहकार पदबाट राजीनामा दिएका थिए ।

आफूभन्दा कनिष्ट व्यक्ति डेपुटी गभर्नर भएपछि राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । राष्ट बैंक छाेडेपनि उनले बैकिङ क्षेत्र छाेडेनन् । सिटिजन्स बैंकका संस्थापक भण्डारी प्रमुख कार्यकारी अधिकृत हुँदै अध्यक्ष समेत हुने निश्चित भएकाेछ । उनी नेपाल बैकर्स संघकाे अध्यक्ष समेत भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.