२०७६ असोज १३ गते १३:३४ विकासन्युज
काठमाडौँ । पशुपति क्षेत्र विकास कोष र नेपाल इन्भेष्टमेण्ट बैंकबीच सहमति भएको छ ।
पशुपतिनाथको मन्दिर र मन्दिर प्राङ्गण रहेका देवी देवतालाई भक्तजन तथा तीर्थयात्रीद्वारा दानपत्र वा भेटीपत्रमा चढाईने भेटी, चन्दाहरु बैंकिङ्ग प्रणालीद्वारा संकलन तथा गणना गरी कोषका नाममा रहेको बैंक खातामा जम्मा गरी भेटी रकमलाई व्यवस्थापन गर्ने सहमति भई सुरुवात भएको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न कला तथा सस्कृति एवम् पुरातात्विक क्षेत्रमा सहयोग पु¥याउदै आएको जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.