२०७६ कार्तिक ३ गते १७:२९ विकासन्युज
काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नयाँ पल्सर एनएस २०० मा एन्टी–लकिङ्ग ब्रेकिङ्ग सिस्टम (एबीएस) ल्याएको छ ।
एबीएस भएको पल्सर एनएस २०० को शुरुवाति मुल्य रु ३,३४,९००/– मात्र रहेको छ । यो देशभर रहेको बजाजको सबै आधिकारिक शोरुमहरुमा उपलब्ध छ ।
एन्टी–लकिङ्ग ब्रेकिङ्ग सिस्टम दुई पाङग्रे सवारी साधनहरुको सडक सुरक्षाका लागि निकै महत्वपूर्ण बन्दै गइरहेको कम्पनीले जनाएको छ । एबीएसको प्रयोगले चक्का लक हुनबाट जोगाउनुका साथै जोखिमपूर्ण सडकमा चालकलाई सवारी नियन्त्रण गर्दछ ।
एबीएस भएको सवारी साधन सधैं सुरक्षित हुन्छन्, किनकी यसले ब्रेकिङ्ग दुरी कम गर्दछ र जोखिमपूर्ण सडक वा आपतकालीन अवस्थामा मात्र नभएर दैनिक रुपमा समेत बाइक चिप्लनबाट जोगाउनुका साथै ब्रेक लगाउन पनि एकदमै मद्दत गर्दछ ।
यसैबीच, यसले सवारी चलाउने क्रममा चोटपटक लाग्न सक्ने सम्भावना न्यून गर्दछ र बाइकको स्थिरता बढाउँछ । यसले दुर्घटना हुने जोखिम पनि कम गर्दछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.