उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन परिसंघ र एनआरएनएबीच समझदारी

  २०७६ कार्तिक ८ गते १७:२५     विकासन्युज


काठमाडौँ । नेपाल उद्योग परिसंघ र गैरआवासीय नेपाली संघ बिच नेपालमा लगानी प्रर्वद्धन गर्ने तथा विदेशमा नेपाली उत्पादनको प्रर्वद्धन गरी निर्यात व्यापार अभिवृद्धि गर्ने सहमति भएको छ । यसका लागि उद्योग परिसंघ र गैरआवासी नेपाली संघले सहमतिपत्रमाबुधवार काठमाडौँमा हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा परिसंघका अध्यक्ष सतिशकुमार मोर र संघका नवनिर्वाचित अध्यक्षकुमार पन्तले हस्ताक्षर गरेका हुन् । सो अवसरमा नेपालउद्योग परिसंघले गैरआवासीय नेपाली संघको नेतृत्वलाई परिसंघको कार्यालयमा स्वागत गर्दै नेपालमा गैरआवासीय नेपालीहरुको लगानी प्रवद्र्धन गर्ने, औद्योगिक विकासमा सीप तथा प्रविधि हस्तान्तरण गर्ने र विदेशमा नेपाली वस्तु तथा सेवाको निर्यातका लागि सहकार्यको आवश्यकता रहेकोले मिलेर काम गर्न सकिने जानकारी गराएको छ ।

सो अवसरमा परिसंघका अध्यक्ष् मोरले लगानीका प्रमुख क्षेत्रहरु पूर्वाधार, जलविद्युत, पर्यटन, बैंकिङ्खआधुनिक कृषितथा सञ्चार प्रविधिलगायतका क्षेत्रमागैरआवासिय नेपालीहरुको लगानी रहेको भन्दै थपलगानीतथा साझेदारी बढाउन आग्रह गरे ।

गैरआवासीय नेपाली संघका अध्यक्ष पन्तले नेपालको उत्पादनमुलक क्षेत्रमा गैरअवासीयहरुको तथा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन संघले परिसंघसंग सघन सहकार्य गर्न अग्रसरता लिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.