२०७६ कार्तिक १७ गते १९:०८ विकासन्युज
काठमाडौं । राजश्व अनुसन्धान विभागले नेपाली रुपैयाँको अबैध कारोबारमा संलग्न २ भारतीय विरुद्ध ३३ करोड ३२ लाख बिगो सहित मुद्दा दायर गरेको छ ।
विभागले भारतीय नागरिक रितेश कुमार मधेसिया र निरज अग्रहरी विरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्धा दायर गरेको जनाएको छ ।
विभागले उनीहरुसँग ३८ लाख ९३ हजार एक सय रुपैयाँ नगद समेत बरामद गरेको छ । भारतबाट नेपाली रुपैयाँ ल्याई विभिन्न नेपाली बैंकहरुमा १६ करोड २५ लाख १२ हजार ३ सय १३ रुपैयाँ जम्मा गरेका छन् ।
एक जनाले नेपाल आउँदा र जाँदा ५ हजार भन्दा बढी रकम लिएर आउन वा विदेश जान नपाउने व्यवस्था छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.