२०७६ कार्तिक १९ गते १३:३७ विकासन्युज
काठमाडौँ । १२५ सीसी मोटरसाइकल सेग्मेन्टमा कडा प्रतिद्वन्दीको रुपमा रहेको भएता पनि होण्डा सिबि शाइनले समयको माग अनुसार आफ्नो डिजाइनमा फेरबदल भने ल्याउन सकेको थिएन । यो कुरालाई मध्यनजर गर्दै होण्डाले सिबि शाइनको स्पोर्टियर भर्जन ‘शाइन एसपि’ लाई बजारमा लिएर आएको हो ।
स्पोर्टी लुक्स, राम्रो पर्फमेन्स, आरामदायक राइडिङ्ग पोजिसनका साथै राम्रो माइलेज पनि दिने भएको कारण थोरै समयमै यस बाइकले बजारमा बलियो पकड जमायो । आज हामी १२५ सीसी सेग्मेन्टको उत्कृष्ट कम्युटर मोटरसाइकल बन्न सफल सोहि होण्डा शाइन एसपिकोकेहि खास पक्षका बारेमा चर्चा गर्नेछौं ।
लुक्स
सिबि शाइन र शाइन एसपिमा देख्न सकिने मुख्य फरक भनेकै शाइन एसपिको स्पोर्टी लुक्स हो । शाइन एसपिको ट्याङ्क श्राउड्स र मोडर्न ग्राफिक्सले गर्दा पुरानो शाइनको तुलनामा यो बाइक एग्रेशिभ देखिन्छ । हेर्दा मिड साइज मोटरसाइकल जस्तो देखिने शाइन एसपिले वास्तवमा नै आकर्षक लुक्स पाएको छ ।
ब्रेकिङ्ग र सस्पेन्सन
शाइन एसपिमा ब्रेकको काम गर्ने भनेको अगाडि तर्फ १३०/२४० मिलिमिटरको डिस्क ब्रेक र पछाडि भने १३० मिलिमिटरको ड्रम ब्रेकले हो । त्यसैगरी यस बाइकको अर्को भेरियन्टमा चाहिँ दुवै चक्कामा ड्रम ब्रेक जडान गरिएको छ । विशेषगरी यस बाइकमा सेफ्टी फिचरको रुपमा कम्वाइन्ड ब्रेकिङ्ग सिस्टम (सीबीएस) पनि दिइएको छ जसले कुनै एउटा ब्रेकमा दवाब दिएको खण्डमा अटोमेटिक दुवै ब्रेकमा दवाब सिर्जना गरेर बाइकको ब्रेकिङ्गलाई अझ मजबुत बनाउँछ । त्यसैगरी यस बाइकमा सस्पेन्सनका रुपमा अगाडि टेलिस्कपिक फर्क र पछाडि स्प्रिङ्ग लोडेड हाइड्रोलिक एब्जर्बर्स जडान गरिएको छ ।
इञ्जिन
होण्डा शाइन एसपिमा १२४.७३ सीसी एयर–कुल्ड इञ्जिन दिइएको छ जसले १०.३० पीएसको पावर र १०.३० एनएमकै टर्क पनि प्रोड्युस गर्दछ । त्यसैगरी ५ ओटा गियरहरु रहेको यस बाइकले ६५ केएमपीएलको माइलेज र ९३ केएमपीएचको टप स्पिड पनि प्रदान गर्दछ । शाइन एसपिको एक्जस्ट साउण्ड पनि पुरानो शाइनको तुलनामा ठूलो रहेको छ ।
टायर
होण्डा शाइन एसपिमा अगाडि र पछाडि ८०/१००-१८ का ट्यूवलेस टायरहरु जडान गरिएका छन् । यी टायरहरु बाइकको साइज र वेट हेरिकन ठिकै साइजका हुन भन्न सकिन्छ । त्यसैगरी, शाइन एसपि सिटी राइड र दैनिक प्रयोगको लागि बनाइएको कम्युटर बाइक भएको हुनाले पनि यसमा ठूला टायर दिनु खासै आवश्यक पनि थिएन ।
नेपालका लागि होण्डा टू ह्विलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले सुरुवाती मूल्य दुई लाख २९ हजार नौ सय रुपैयाँ तोकेर हाल नेपाली बजारमाहोण्डा शाइन एसपिको बिक्री वितरण गर्दै आइरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.