बिएस६ र एफआई इञ्जिनका साथ ‘हिरो स्प्लेन्डर आइस्मार्ट’ सार्वजनिक, माइलेज र टर्क पनि बढ्यो

  २०७६ कार्तिक २१ गते १८:४८     विकासन्युज

काठमाडाैं । बीएस६ प्रदुषण मापदण्डको इञ्जिन बाहनहरुमा अनिवार्य हुनुपर्ने नियम भारतमा चाँडै लागू हुँदैछ । यही नियमलाई मध्यनजर गर्दै मोटरसाइकल उत्पादक कम्पनीहरुले आफ्ना उत्पादनहरुलाई धमाधम अपडेट गर्न थालिसकेका छन् ।

यसै क्रममा हिरो मोटोकर्पले भने सबैलाई उछिन्दै आफ्नो पहिलो बीएस६-कम्प्लायन्ट मोटरसाइकल ‘२०१९ स्प्लेन्डर आइस्मार्ट’ आज भारतमा सार्वजनिक गरेको छ ।

नयाँ स्प्लेन्डर आइस्मार्टमा ११३.२ सीसी सिङ्गल-सिलिण्डर एफआई इञ्जिन समावेस गरिएको छ । हिरोले यस फ्युल इन्जेक्टेड इञ्जिनलाई ‘आइ थ्री एस स्टप-स्टार्ट’ टेक्नोलोजीका साथ पेस गरेको हो ।  यस इञ्जिनले पहिले भन्दा ०.५ पीएस कम पावर अर्थात् ९ पीएसको पावर प्रोड्युस गर्दछ । तर हिरोका अनुसार यस इञ्जिनले पहिले भन्दा १० प्रतिशत बढी टर्क अर्थात् ९.८९ एनएमको टर्क प्रोड्युस गर्नुको साथै केही बढी माइलेज समेत दिन्छ ।

यस मोटरसाइकलको डाइमेन्सन पनि पहिलेको भन्दा बढेर आएको छ । अहिले स्प्लेन्डर आइस्मार्टको ग्राउण्ड क्लियरेन्स १८० मिलिमिटर रहेको छ भने यसको ह्विलबेसमा ३६ मिलिमिटरले र त्यसैगरी सस्पेन्सन ट्राभलमा चाहिँ १५ मिलिमिटरले वृद्धि भएको छ ।

हिरोले २०१९ स्प्लेन्डर आइस्मार्टमा नयाँ डाइमन्ड-टाइप फ्रेम दिएको छ । त्यसैगरी, यस इण्डियन मोटरसाइकल उत्पादक कम्पनीले नाइट राइडिङ्गलाई मध्यनजर गर्दै सो मोडेलमा पहिले भन्दा अझ बढि चम्किलो हेडलाइट पनि जडान गरेको छ ।

यस्ता परिमार्जन पश्चात् हिरोले नयाँ स्प्लेन्डर आइस्मार्टको मूल्यमा थोरै वृद्धि गर्दै भारतिय बजारमा यसको मूल्य ६४ हजार नौ सय रुपैयाँ तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.