चितवन पर्सामा सुजुकिको पुनर्ताजगी कार्यक्रम

  २०७६ कार्तिक २४ गते ८:२०     विकासन्युज

काठमाडौँ  । सुजुकि मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भिजि अटोमोबाईल्स प्रालि र पुर्वी चितवनको लागि अनधिकारिक बिक्रेता मोडर्न बाईक सेन्टर पर्साको संयुक्त आयोजनामा सुजुकि जिक्सरका ग्राहक लाई लक्षित गरेर पुनर्ताजगि कार्यक्रम तथा चियापान कार्यक्रम आयोजना गरिएको छ ।

आफ्ना पुराना उपभोक्तलाई लक्षित गरेर राखिएको कार्यक्रममा सर्बप्रथम चियापान र त्यसपश्चात मनोरन्जन गराउने लक्ष्य राखेर बिहानी शो अन्तर्गतको चलचित्र समेत देखाईएको थियो । तत्कालै संचालनमा आएको पर्सा सिने प्लेक्समा उपभोक्तहरुले चलचित्र हेरेर मनोरन्जन लिएका थिए । त्यो भन्दा पहिला बिहानी समय मा जिक्सर २५० लाई टेस्ट ड्राइभ तथा फोटो सेसन कार्यक्रम समेत गराईएको थियो । सुजुकिको हाल मात्रै नेपाली बजारमा भित्रिएको जिक्सर २५० सिसिको बिलकुलै पृथक मोटरसाईकललाई प्रत्यक्ष देखाउने अभिप्रायले चलचित्र हलसंगको सहकार्यमा साताब्यापी कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।

साथै यस अबधिमा खरिद गर्ने तथा साटफेर गर्ने ग्राहकलाई दश हजार नगद छुटको ब्यबस्था साथै चलचित्र हेर्न चाहानेहरुका लागि थप कपल टिकटको ब्यस्था गरिएको मोडर्न बाईक सेन्टरका संचालक अजय तिवारीले जानकारि दिए । केही दिनमा नै नेपालकै सर्बोत्कृट सुजुकि सर्भिस सेन्टर को औपचारिक शुभारम्भ पर्सा बजा बाट गरिने संचालक तिवारीले जानकारि दिए ।

भिजि सुजुकि नेपाल ले जिक्सर २५० लाई लक्षित गरेर काठमाडौँ तथा पोखरामा स्टन्ट सो र पर्सामा तेस्रो कार्यक्रमको रुपमा पुनर्ताजगी कार्यक्रम तथा जिक्सर अवारनेस कार्यक्रम संचालनमा ल्याएको हो । यस्तै प्रकृतिका अन्य कार्यक्रमहरु नेपालका मुख्य शहरहरुमा गराउँदै लैजाने योजना रहेको भिजि सुजुकि नेपालका बिक्री प्रबन्धक धनिराम भुसालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.