सेलिब्रेटी दौड प्रतियोगितामा बिनिता र सुरज भए विजय

  २०७६ कार्तिक ३० गते १७:०९     विकासन्युज

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघ र कान्ति सास्कृतिक केन्द्रको संयुक्त आयोजनामा वातावारणीय स्वच्छता तथा भ्रमण बर्ष २०२० लाइ प्रबर्धन सयोगार्थ चलचित्र कलाकार, मोडल, र गायक गायिका बीच ३ किलोमिटर सडक दौड (सेलिब्रेटी दौड प्रतियोगिता) सम्पन्न भएको छ ।

सेलिब्रेटी दौड प्रतियोगितामा पुरुषमा गायक सुरज पण्डित र महिलामा गायिका बिनिता स्याङ्तान बिजेता बन्न सफल भएका छन् । त्यसैगरी महिला तर्फ नायिका पवित्रा आचार्य फर्स्ट रनरअप र मोडल अस्मिता जुरेली सेकेन्ड रनरअप बनेका थिए भने पुरुष तर्फ फर्स्ट रनरअप धनु ज्ञान्मी र सेकेण्ड रनरअप एस राज राजकुमार श्रेष्ठ भएका छन् । प्रतियोगिताका बिजेताहरुलाई नगद ५० हजार रुपैयाँ, ३२ हजार रुपैयाँ, र २० हजार रुपैयाँ सहित ट्रफी र मेडल प्रदान गरिएको थियो ।

नेपाल चलचित्र कलाकार संघका कार्यवहाक अध्यक्ष सानु ताम्राकारको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व गृह मन्त्रि जनार्दन शर्मा, विशेष अतिथिमा बरिष्ट कलाकार मदन कृष्ण श्रेष्ठ, दिपक निरौला लगायतका कलाकारको उपस्थिति रहेको थियो ।

सोहि अवसरमा बरिष्ट गायक तथा समाजसेवी जगत मर्दन थापा, बरिष्ट संगीतकार शम्भुजित बास्कोटा, चलचित्रकर्मी नरेन्द्र खड्का, बरिष्ट हास्य अभिनेत्री लक्ष्मी गिरि, बरिष्ट कलाकार मदनदाश श्रेष्ठ, चलचित्र कलाकार जय श्रेष्ठ, चलचित्र कलाकार टिका पहारी, कलाकार लक्ष्मण बस्नेत, बरिष्ट चलचित्रकर्मी हरिहर शर्मा, महिला उद्धमी लक्ष्मी शर्मा, बरिष्ट चलचित्रकर्मी स्मारिका श्रेष्ठ र बरिष्ट बालरोग बिसेषज्ञ डा.शान्त चन्द्र शाक्यलाइ सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले चलचित्र कलाकार संघले पछिल्लो समय कलाकारहरुको हकहितको लागि आवाज उठाउदै आएको र सामाजिक कार्यमा समेत अग्रणी भूमिका निर्बाह गर्दै आएको र अहिले भारतले नपाल माथि गरेको हस्तक्षेप तथा सिमा बिबादलाइ तुरुन्त कुटनीतिक पहल गर्नु पर्ने सम्पूर्ण कलाकारहरुको माग रहेको बताएका छन् ।

उक्त अवसरमा कलाकार संघका उपाध्यक्ष मोहन निरौला, सदस्यहरु नायिका आंचल शर्मा, गोपाल ढकाल छन्दे, रामेश्वर बुर्लाकोटी, गीता नेपाल, धर्मेन्द्र आचार्य, पवन खतिवडा, सितल केसी, जय किशन बस्नेत, गायक सिताराम पोखरेल, मोडल अनिता गिरि, हास्यकलाकार महादेव त्रिपाठी, कलाकार राजु शाही, कलाकार नारायण प्रधान, मोडल रिया श्रेष्ठ, कलाकार तथा निर्मात्री सावित्रा चिलवाल लगायतका कलाकार मोडलहरुको बाक्लो उपस्थिति रहेको थियो । हरि शरण लामिछानेले संचालन गरेको कार्यक्रमलाइ रिभेल इभेन्ट्सले ब्यवस्थापन गरेको थियो भने कलाकार गोपाल ढकाल छन्दे, राजेश महर्जन, गायक राजेश हमाल र कलाकार रामेश्वर बुर्लाकोटीले संयोजकत्व गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.