२०७६ मंसिर ६ गते १८:३० विकासन्युज
काठमाडाैं । इण्डियन अटोमेकर कम्पनी महिन्द्राको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेड प्रा.लि.ले यस ब्राण्डका विभिन्न मोडेलहरु नेपालमा विक्री वितरण गर्दै आइरहेको छ ।
महिन्द्राको लोकप्रिय मोडेलको रुपमा चिनिने ‘एक्सयुभि३००’ नेपाली बजारमा ३९ लाख ७५ हजार रुपैयाँ सुरुवाती मूल्यका साथ उपलव्ध रहेको छ । यस एसयुभिका डब्लु४, डब्लु६, डब्लु८ र डब्लु८(ओ) गरी ४ अलग भेरियन्टहरु रहेका छन् ।
महिन्द्राले एक्सयुभि३०० मा मेमोरी फङ्सन सहितको डुअल–जोन क्लाइमेट कन्ट्रोल, टायर प्रेशर मोनिटरिङ्ग सिस्टम्स, १२ भोल्टको व्याट्री, फ्रन्ट पार्किङ्ग सेन्सर्स, एबीएस, ईबीडी जस्ता विशेषताहरु समावेस गरेको छ । यस एसयुभिको टप भेरियन्ट डब्लु८(ओ) मा भने ७ ओटा एयरब्याग्स, इलेक्ट्रिक सनरुफ, क्रुज कन्ट्रोल, एलईडी डे–टाइम रनिङ्ग ल्याम्प्स, स्मार्ट फोन कनेक्टिभिटी सहितको ७–इञ्च टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम जस्ता फिचरहरु पनि समावेस रहेका छन् ।
‘एक्सयुभि३००’ ११९७ सीसीको पेट्रोल इञ्जिन र १४९७ सीसीको डिजेल इञ्जिन अप्शनमा उपलब्ध रहेको छ । यस एसयुभिमा समावेस पेट्रोल इञ्जिनले ११० बीएचपीको पावर र २०० एनएमको टर्क प्रोड्युस गर्दछ भने डिजेल इञ्जिनले चाहिँ ११५ बीएचपीको पावर र ३०० एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस एसयुभिमा६–स्पिड गियरबक्स दिइएको छ ।
५ सिटर यस एसयुभिको चारओटै चक्काहरुमा डिस्क ब्रेक जडान गरिएको छ । त्यसैगरी यस एसयुभिको ग्राउण्ड क्लियरेन्स १८० मिलिमिटर रहेको छ भने फ्युल ट्याङ्क क्यापासिटी चाहिँ ४२ लिटरको रहेको छ ।
अग्नि इन्कर्पोरेटेडले एक्सयुभि३०० को हाल नेपालमा उपलब्ध भेरियन्टहरुको मूल्य यस प्रकार तोकेको छ:
Copyright © 2024 Bikash Media Pvt. Ltd.