२०७६ मंसिर ७ गते १६:०० विकासन्युज
काठमाडौं । भारतिय मोटरसाइकल उत्पादक कम्पनी रोयल इन्फिल्डले आफ्ना ५०० सीसीका सम्पूर्ण मोडेलहरुको उत्पादन बन्द गर्ने प्रवल सम्भावना रहेको कुरा भारतिय मिडियाहरुले उल्लेख गरेका छन् । अप्रिल २०२० बाट भारतमा अनिवार्य गरिएको ‘बीएस६प्रदूषण मापदण्ड’ अनुरुप रोयल इन्फिल्डले आफ्ना ५०० सीसीका मोडेलहरुमा कुनै परिमार्जन नगरिकनै डिस्कन्टिन्यू गर्ने सम्भावना बढेर गएको हो ।
बीएस६ प्रदूषण मापदण्ड अनुरुप रोयल इन्फिल्डले ५०० सीसीका मोडेलहरुलाई परिमार्जन गर्नुपरेमा कम्पनीले ठूलो लगानी थप्नु पर्नेछ ।लगानी थप्नुभन्दा यी मोडेलहरुको उत्पादन नै बन्द गर्नुमाकम्पनीले आफ्नो हित देखेको हुन सक्छ । रोयल इन्फिल्डको ५०० सीसी का मोटरसाइकलहरुको उत्पादन बन्द हुन सक्ने अर्को कारणमा६५० सीसी ट्वीन्स (इन्टरसेप्टर र कन्टिनेन्टल जिटि) को लञ्चलाई पनि आधार मान्न सकिन्छ ।
भारतिय बजारमा ५०० सीसीका मोटरसाइकलहरुको मागमा ठूलो गिरावट आइरहेको वेला यी ६५० सीसीका मोटरसाइकलहरुको माग ह्वात्तै बढ्नुले पनि उक्त सम्भावनालाई मलजल गरेको छ । रोयल इन्फिल्डको ५०० सीसी फेमेलीमा हाल ‘क्लासिक ५००’, ‘बुलेट ५००’ र ‘थन्डरबर्ड ५००’ गरी तिन मोडेलहरु रहेका छन् ।
रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता विवेक अटोमोवाइल्स प्रा.लि.ले नेपालमा ५०० सीसीका सम्पूर्ण मोडेलहरुको विक्रिवितरण भने केहि महिना अघि बाट नै बन्द गरिसकेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.