२०७६ मंसिर ८ गते १४:४८ विकासन्युज
काठमाडौँ । सिंगापुरमा सम्पन्न भएको छैठौ अन्तराष्ट्रिय गोल्डेन ब्राण्ड अवार्ड २०१९ मा चार नेपाली सम्मानित भएका छन् । विभिन्न ३० राष्ट्र आएको २५ विधा बाट करिब ४०० वटा नोमिनेसनमा नेपालको तर्फ बाट २ जना पुरुष र २ जना महिला छनौट भएका थिए ।
जसमा चर्चित अन्तराष्ट्रिय कोरियोग्राफर आस्विनी कान्त झा र चर्चित तथा सफल पेजेण्ट डाइरेक्टर निशु कान्त झालाइ एक भब्य समारोह बीच प्रमुख अतिथि इन्डोनेसियाका राजा अरिया पकु आलम अल हजद्वारा सम्मान गरिएको थियो ।
त्यसैगरी, महिला तर्फ लेडी अफ एक्सिलेन्स अवार्डमा २० देश बाट करिब २५० वटा नोमिनेसनमा नेपालको तर्फ बाट युवा व्यवसायी, समाजसेवी तथा मोडल एलिजा महर्जन र चलचित्र निर्देशक तथा डान्स कोरियोग्राफर सावित्री खत्रीले अवार्ड चुम्न सफल भएका थिए ।
सिंगापुरको आर्किड कन्ट्री क्लबमा सम्पन्न भएको उक्त कार्यक्रम विभिन्न अन्तराष्ट्रिय प्रस्तुतिको साथमा अन्तराष्ट्रिय कलाकार मोडलहरुको बाक्लो उपस्थिति रहेको थियो ।
छैठौ अन्तराष्ट्रिय गोल्डेन ब्राण्ड अवार्ड २०१९ मा सम्मानित हुन सफल नेपाल तथा अन्तराष्ट्रिय स्तरमा आफ्नो कोरियोग्राफी मार्फत ख्याति बटुलेका चर्चित फेसन कोरियोग्राफर आस्विनी कान्त झाले करिब २ सय ५० भन्दा बढी ब्युटी पेजेन्टमा कोरियोग्राफी गरिसकेका छन् भने उनी ब्युटी पेजेन्ट एसोसियसन अफ नेपालका सस्थापक सदस्य समेत हुन् ।
उनले सौन्दर्य प्रतियोगिता क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै उक्त अवार्ड प्रदान गरिएको थियो । त्यसैगरी रिवन इन्टरटेनमेन्ट मार्फत नेपालमा विभिन्न उमेर समुहका लागि सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएका निशुकान्त झा विगत लामो समय देखि पेजेण्ट निर्देशनमा लागिपरेका व्यक्तित्व हुन् ।
राष्ट्रिय स्तरमा मात्र नभई अन्तराष्ट्रिय स्तरमा समेत चर्चा कमाएका झा विवाहित महिलाहरुको लागि गरिएको सफल प्रतियोगिता मिसेस नेपाल इन्टरनेशनलका आयोजक हुन् । झा ब्युटी पेजेन्ट एसोसियसन अफ नेपालका सस्थापक महासचिव समेत रहेका छन् ।
त्यसैगरी, लेडी अफ एक्सिलेन्स अवार्ड जित्न सफल एलिजा महर्जन मिसेस नेपाल ग्ल्यामकि विजेता हुन् भने उनी युवा व्यवसायी, समाजसेवीको रुपमा समेत परिचित छिन् । महर्जन विभिन्न संघ सस्थामा समेत आबद्ध रहेर सक्रिय सामाजसेवामा लागिपरेकी व्यक्तित्व हुन् । त्यस्तै, अर्को अवार्ड बिजेता सावित्री खत्री डान्स कोरियोग्राफी र चलचित्र निर्देशनमा सक्रिय छिन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.